‘युद्धरुपी कोरोनासँग होमिनुको विकल्प छैन’

– बैकुण्ठ मिश्र
छिमेकी मुलक चीनमा डिसेम्ब्।र ३० मा देखिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट नेपाल अछुतो रहन सक्दैन भनेर त्यतिबेला नै सर्तक रहन पर्ने औल्याईएको थियो । खुला सीमाना रहेको भारतमा तीव्र रुपमा संक्रमण बढेपछि सम्भावित जोखिलाई मध्य नजर गर्दै नेपाल सरकारले नेपाल चैत्र ११ गते देखि लामो समय लकडाउन ग¥यो ।


सङ्क्रमण दर बढ्दो र उच्च जोखिम क्षेत्रमा स्थानीय सरकारले अहिले पनि लक डाउन गरिरहेका छन् । देशभर १ लाख १७ हजार ९ सय ९६ जना संक्रमित भएका छन् । निको हुने संख्या ८० हजार ९५४ जना रहेका छन् । कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ६७५ जनाको मृत्यु भएको छ । कोरोना भाईरस नियन्त्रण गर्नको लागि सबैभन्दा उक्तम विकल्प भनेको लकडाउन हो । लकडाउन गर्दा नेपालमा अधिकांश जनता गरीविको रेखामूनी रहेका छन् । सरकार पनि गरीव भएकोले राहत दिएर लामो समय पाल्न सक्ने अवस्था छैन । फेरि पहिले जस्तै लक डाउन गर्ने हो भने धेरै मान्छे रोगले भन्दा भोकले मर्नु पर्ने अवस्था आउँछ । नेपालमा धेरै जसो जिल्लाहरु आत्मनिर्भर छैनन् । जिल्ला तहमा बन्द गर्ने हो भने पनि खाद्यान्न, तरकारी र फलपूmल आयात गर्दा त्यसबाट नै कोरोनाको संक्रमण पैmलने डर हुन्छ । त्यसो भए कोरोनाको कहरसँग कसरी जुध्ने त ? सवाल गंभिर छ ।


हरेकमा विकल्प हुन्छ बुद्धिमता पूर्ण तरिकाले विकल्पको पहिचान गरी कोरानासँग जुध्नु जरुरी छ । अदृश्य लडाईमा नेपाली मात्रै हैन विश्वभरका मान्छे होमिनु परेको छ । कहिले सम्म हो त लडाई ? औषधी पक्ता नलागेकोले अनिश्चित युद्धमा होमिएका छौं । नेपालमा रोगले भन्दा भोकले जोगाउनको लागि व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातयात पूर्ववत रुपमा सञ्चालनमा ल्याउनु पर्छ । कोरोनाकै डरले पछि हट्ने हो भने हामी धेरै पछाडि पर्नेछौं । युद्धमा लड्नको लागि १५ वर्ष भन्दा माथि र ६० वर्षमूनिका निरोगी मानिसहरु अघि सारिनु पर्छ । १५ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई अलगै राखिनु पर्छ । युद्धमा भिड्नु पर्ने र नपर्ने जनशक्ति छुट्टायौं भने बाच्न बचाउन सकिन्छ । यसरी छुट्टाएर क्रियाशिल हुन पर्ने देखिएको छ । युद्धमा लडेकाहरुले स्वास्थ्य मापदण्ड अपनाएर काम खटिने, छुट्टै खानु र बस्नु पर्छ । कक्षा ७ भन्दा मुनिका कक्षाहरु सञ्चालन गर्नु हुँदैन । किनकी बालबालिकाहरु स्याहार र सुसार विना एक्लै बस्न सक्दैनन् उनिहरु सङ्क्रमित भए भने अभिभावक पनि साथमा नै बस्नु पर्ने भएकोले सङक्रमण दर बढ्न पुग्छ ।


कोरोनाबाट आर्थिक रुपमा निष्प्रभावित हुने नेपाल सरकारका कर्मचारी र सामुदायिक विद्यालयमा सरकारी तलब खाने शिक्षहरु मात्रै छन् । बाँकी सबैलाई कोरोनाको कहरले आर्थिक रुपमा नोक्सान भईरहेको छ । कोरोनाको डरले लकडाउन गर्ने हो भने देश आर्थिक संकटमा पर्छ र बेरोजगारी समस्या बढ्न पुग्छ । बेरोजगारीको कारणले गर्दा लुटपाट, हिंसा, चोरी, डकैती, अराजकता, निम्त्याउँछ । यो बढ्दै जाँदा समाधान गर्न राज्य नै असमर्थ हुन सक्ने अवस्था पनि आउन सक्छ । विश्वभरीको कुरा गर्ने हो भने पनि अग्रपक्तिमा रहेका युवाहरुको मृत्युदर पनि कम छ ।


सञ्चारकर्मीले उपभोक्ताले कस्तो मास्क लगाउने, कुन मास्कको कति मूल्य पर्छ, तुलनात्मक रुपमा कुन मास्क बढी सुरक्षित हुन्छन् भन्ने कुराको उठान गर्नु पर्ने देखिएको छ । आपूmले प्रयोग गरेको मास्कले अरुलाई असर गरेको छ कि छैन । मास्कले गर्दा शरिरमा अक्सिजनको मात्रा पो कमी भएको छ कि । कुन मास्क सेनिटाईजरको मूल्य कति हो ? भन्ने कुरामा सरकारको ध्यान कम गएकोले समाजका तेस्रा आँखाका रुपमा रहेका पत्रकारले नै उजागर गर्नु पर्ने देखिएको । बुुभ्mनु पर्ने मूख्य कुृरा के छ भने कृषि कर्म गर्ने कसैलाई पनि कोरोनाले छोएको छैन त्यस क्षेत्रमा युवाहरुलाई आर्कषित गर्न ध्यान जान सकेको छैन ।
(लेखक तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष हुन् ।)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s