तनहुँ जलविद्युत आयोजनामा तरङ्ग

दमौली ,२९ असोज ।
तनहुँ जलविद्युत आयोजनामा तरङ्ग उत्पन्न हुन पुगेको छ ।
पछिल्लो समयमा तनहुँ जलविद्युत आयोजनामा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेता तथा कार्यकर्ताले हालीमुहाली गरेको विषयलाई सेतीमादी दैनिकले उजागर गरेसगै तनहुँ जलविद्युत आयोजनामा तरङग उत्पन्न हुन पुगेको हो । सेतीमादी दैनिकको मंगलबारको अंकमा नेकपा तनहुँका अध्यक्ष एवं तनहुँ क्षेत्र नं २ बाट निर्वाचित संघीय संसद केदार सिग्देल जलविद्युत आयोजनाको अतिथी गृहमा बसेर कार्यकर्ता भेटघाट तथा प्रत्येक पटक आउँदा सवारी साधन प्रयोग गर्ने विषय उजागर गरेको थियो ।


सूचना बाहिरिएपछि कर्मचारीलाई दबाब
यसैबीच तनहुँ जलविद्युत आयोजनाको समाचार बाहिरिएपछि सत्ताधारी नेकपाका नेताहरुले आयोजनाका कर्मचारीहरुलाई चर्को दबाब सुरु भएको छ । खासगरी उच्च तहका नेकपाका नेता तथा आयोजनाका उच्च तहका कर्मचारीहरु बाट जलविद्युत आयोजनामा कार्यरत कर्मचारीहरुलाई सूचना कसरी चुहियो भन्दै दबाब दिन थालिएको हो ।


स्थानीय तहहरुसंग समन्वयको अभाव
यसैबीच तनहुँ जलविद्युत आयोजनाले आयोजना निर्माण क्षेत्र भित्र पर्ने तीनवटा स्थानीय तह व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकासंग जुन हिसाबले समन्वय हुनुपर्ने पछिल्लो समय समन्वय समेत हुन सकिराखेको छैन । जसले गर्दा आयोजनाका कामकार्वाही जुन रुपमा सहज हिसाबले अगाडि बढ्नु पर्ने त्यो हुन सकि राखेको छैन । यस विषयमा आयोजना ले बेलैमा ध्यान पुर्याउनु पर्ने सरोकारवालाहरुको भनाई रहेको छ ।


सुविधा लिएको स्वीकार
नेकपा तनहुँले तनहुँ क्षेत्र नं २ का निर्वाचित सांसद केदार सिग्देलले तनहुँ जलविद्युत आयोजनाबाट सुविधा लिएको विषयको स्वीकारोक्ति गरेको छ ।
सेतीमादी दैनिकमा मंगलबार प्रकाशित समाचारको विषयलाई लिएर जारी गरिएको विज्ञप्तीमा सांसद सिग्देलले तनहुँ जलविद्युत आयोजनाबाट सांसद भएको हिसावले सुविधा लिएको जनाएको छ । जारी विज्ञप्तीमा बाध्यता बस जलविद्युत आयोजनाको अतिथी गृहमा बस्नु परेको उल्लेख गरिएको छ । त्यस्तै सांसद सिग्देल नेकपा तनहुँको अध्यक्ष मात्र नभई संघीय सांसद समेत भएको हुँदा जनतासंग भेटघाट र प्रमुख जिल्ला अधिकारी संगको समन्वयमा आयोजनाको सवारी साधन प्रयोग गरिएको उल्लेख गरिएको छ । साथै समाचार प्रति विज्ञप्तीमा गम्भिर आपत्ति समेत जनाईएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s