जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले नियम विपरितका आयुर्वेद पसल बन्द गर्न थाल्यो

अमरराज नहर्की
दमौली ,२९ असोज ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले बजारको सुपरीवेक्षण तथा अनुगमन कार्यलाई तिब्रता दिन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग, खाद्य अनुसन्धान, तनहुँ उद्योग वाणिज्य संघका बजार इकाइहरु, सम्बन्धित पालिकाका उपप्रमुख तथा वडा अध्यक्ष सहितको टोलीले अनुगमन गर्न थालेको हो । अनुगमनमा क्रममा जिल्लामा नियम विपरित सञ्चालित आयुर्वेद पसल बन्द गर्न थालेको छ ।
आयुर्वेद चिकित्सा विज्ञानमा आधारित नेपालको मौलिक चिकित्सा भएकोले आयुर्वेद सम्बन्धि जनताको चासो बढाउने उद्धेश्यले अनुगमन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यस्तै गरी आयुर्वेदिक चिकित्सा विश्वासनीय र अपरिहार्य युक्त बनाउने, स्वास्थ्यमा नकरात्मक असर नपरोस तथा विरामी नठगिउन भनेर अनुगमन भईरहेको छ ।


अनुगमनका क्रममा दुई वटा पसल नियम विपरित सञ्चालन गरेको पाईएकोले दमौलीका दुईटा पसल बन्द गरिएको केन्द्रका प्रमुख डा.रामप्रवोध मण्डलले बताए । यसरी बन्द गराउन थालेपछि दुई वटा थप पसलले आपैm बन्द गरेको उनले जानकारी दिए । पसलमा विरामीलाई झुक्काउने खालका कुनै पनि वोर्ड प्लेस प्रिन्ट पनि अनुगमन टोलीले हटाएको छ । दर्ता नगरी सञ्चालन भएका, पसलको नाम, दर्ता नम्बर स्पष्ट गरि बोर्ड नराखिएका सुधार गर्न अनुगमन टोलीले निर्देशन दिएको केन्द्रका सूचना अधिकारी वलभद्र वाग्लेले जानकारी दिए । यही असोज २३ गतेबाट अनुगमन थालेको र जिल्ला १० वटै पालिकामा अनुगमन गरिने केन्द्रले जनाएको छ ।
अनुगमनका क्रममा कतिपय पसलमा म्याद नाघेका औषधी समेत फेला पारिएकोले नष्ट गरिएको केन्द्रका वरिष्ठ कविराज निरीक्षक केशवराज न्यौपानेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s