किसानको मर्का बुझ्ने कस्ले ?

किसानले झरी, बादल, झर्को घाम होस् या मुटु नै कमाउने जाडो नै किन होस् कामबाट कहिल्यै छुटकारा पाउँदैनन् । नेपालीमा भनाई पनि छ ‘चार खुट्टेको आयु दुई खुट्टे’ किसानले वास्तवमा चाडपर्व, विवाह, भोज आदिमा पनि राम्रोसँग रमाउन पाउँदैनन् । किनकी गाईबस्तुलाई कुँडोपानी नगरी सुखै छैन । यस्तै खेतीपातीलाई पनि समयमा गोडमेल गर्ने र पानी दिन सकिएन भने बाली फस्टाउँदैन । भनेको बेला किसानले मल बिउ पनि पाउँदैनन् । कहिले असिनाले चोट पु¥याउँछ त कहिले खडेरीको मार । दुःख धेरै अनि कमाई भने थोरै ह्ुने कृषकको मुख्य समस्या हो । पसिना, श्रम तथा लगानी अनुरुपको उत्पादन कम हुने भएकोले युवाहरुलाई कृषि पेशाप्रति रुची जगाउन सकिएको छैन । कृषि कर्म गर्न भन्दा युवाहरु हातमा पासपोर्ट बोकेर कोरोनाको कहरमा पनि खाडीमुलक जान लाइनबद्ध भईरहेका छन् । एकातिर पाखुरीमा बल भएका युवाहरु विदेशिनु बाध्यता छ भने अर्को तिर गाउँघरका जग्गा जमिन बाँभैm राख्नु पर्ने अवस्था छ ।

कहिले तरकारी बिक्री नभएर बारीमै कुहिन्छ भने कहिले किसानले दुध सडकमै पोख्नुपर्छ । उखु किसानले पनि भुक्तानी नपाएर आन्दोलनमा उत्रिनु पर्ने हुन्छ । हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा स्याउ बारीमै कुहिन्छ भने विदेशी स्याउ व्यापारीले बेच्छन् । सिधै किसानको उप्पादन उपभोक्ताकोमा पु¥याउन पनि सकिएको छैन । नाफा बिचौलीयाले कमाउँदा उपभोक्ता र किसान दुवैले फाईदा पनि पाएका छैनन् । यि यस्ता किसानका प्रतिनिधी मुलक समस्या हुन् । यो वर्षको दशैंमा किसानहरु उत्पादन गरेको खसीबोका बिक्री गर्न समस्यामा परेका छन् । खसी बोका बिक्री नहुँदा किसान हात पुम्पुरोमा राख्न बाध्य छन् । व्यवस्थित हाट बजार बनाएर विक्री नभएको खसी बोका लगायतको राख्ने ठाउँको व्यवस्था सकियो भने केही हद सम्म भएपनि किसानलाई राहत पुग्ने थियो । कृषकको उत्पादनको ग्यारेन्टी नहुने तथा खेती प्रणालीमा आधुनिकता नहुने हो तथा किसानका समस्या ज्यूँका त्यूँ हुन्छन् । खानाको विकल्प छैन । खाना नपाए मान्छे मर्छ । हामी पर निर्भर हुने भने छिमेकीले कुनै दिन नाकाबन्दी लगायो भने कस्तो हालत होला गहन भएर सोच्ने कि ?


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s