व्यास नगरपालिकाको वडा नं. ७ मा विभिन्न खानेपानी योजना सञ्चालन

अमरराज नहर्की
दमौली ,२८ असोज ।
तनहुँको व्यास नगरपालिको वडा नम्बर ७ मा मात्रै सात वटा खानेपानीको योजना सञ्चालनमा छन् ।
ति सञ्चालित योजना मध्ये दुई वटा निर्माण पुरा भएर उपभोक्तालाई घरघरै धारा वितरण गरिसकिएको छ । निर्वाचित जनप्रतिनिधीले खानेपानी समस्यालाई समाधान गर्न प्राथमिकता दिएपछि वर्षौदेखि काकाकुल जीवन विताईरहेका गाउँबासीको आँत भिजाउने सपना पुरा हुन थालेको छ ।


सुनखोल्सी, सिमालटार नरङ्गा, पार्था, दुलेपानी, बानियाडिही र सत्रसय खानेपानी योजना गरि पाँच वटा निर्माधिन क्रममा रहेका छन् । भने सेराटोल र चामखानी योजना भने निमार्ण पुरा भईसकेको वडा अध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिए । ‘आगामी दुई वर्ष भित्र सबै वडाबासीलाई काकाकुल जीवनबाट मुक्त बनाउने अभियानमा छौं, त्यसैले एउटै वडामा धेरै योजना सञ्चालनमा आएका हुन् ।’ वडा अध्यक्ष न्यौपानेले भने । एक हजार दुई सय घरधुरी रहेको यस वडामा दुई वर्ष भित्र नै घर घरै धारा पु¥याउने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ । रु.२५ लाखको लागतमा बस्ती देखि करिब दुई सय मीटर तल रहेको धारखोला चामपानी लिफ्टिङ गरी छापथोकका ४२ घरधुरीमा पानी बितरण गरी सकिएको वडा अध्यक्ष न्यौपाने बताउँछन् ।


वडाध्यक्ष न्यौपानेका अनुसार त्यसैगरी शेरा टोल विकास संस्था अन्र्तगत रु.३७ लाखको लागतमा पानीको ट्याङ्की निर्माण गरी ७० घरधुरीमा पानी बितरण गरिएको छ । कलेस्ती बजार क्षेत्रका करिब एक सय घरधुरीका लागि मादी नदी किनार नजिक रहेको सुनखोल्सीबाट पानी लिफ्टिङ गरी खानेपानी वितरण गर्न लागिएको वडाले जनाएको छ ।
तोरीखर्क–कलेस्ती खानेपानी योजना अन्र्तगत रु.१८ लाख ५० हजारको लागतमा करिब डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । त्यसैगरी सिमलटार नराङा र माथिल्लो नरङ्गाका एक सय ५० घरधुरीमा खानेपानी व्यवस्था गर्न रु.२० लाखको लागतमा निर्माण कार्य शुरु गरिएको छ । पाथ्रा टोल विकास क्षेत्रका ६७ घरपरिवारको लागि रु.३७ लाखको लागतमा ट्याङ्की निर्माण गरेर पानी बितरण गर्न योजना अनुरुप कार्य भैरहेको वडाध्यक्ष न्यौपानेले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s