दमौली , २८ असोज । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै चाडपर्वमा भीडभाड व्यास नगरपालिकाले नगरबासीलाई अपिल गरेको छ । पूजा ,वली , प्राथना ,भोजभतेर गर्ने अवस्थाबाट संक्रमण सर्ने सम्भावना रहेको हुँदा भीडभाड नगर्न अपिल गरेको हो ।

नगरपालिकाले एक विज्ञप्ती जारी गरी सो अपिल गरेको हो । विज्ञप्तीमा संक्रमित भएका व्यक्तिहरुलाई सुरक्षित होम आइसेलसनमा बस्न र यदि सुरक्षित होम आइसोलेसन नभएमा अस्पतालहरुमा सञ्चालित आइसोलेसनमा न्यूनतम १४ दिन बस्न वा पुन गरिएको पिसिआर नेगेटिभ नआउँदा सम्म घरबाहिर नजान आग्रह गरिएको छ । त्यस्तै विज्ञप्तीमा बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म मात्र सावधानी पूर्वक व्यापार व्यवसाय गर्न समेत अपिल गरिएको छ ।
कोरोनको संक्रमणलाई मध्यनजर गर्दै कार्तिक १५ गते सम्म शैक्षिक संस्थामा पठनपाठन बन्द गर्न समेत नगरपालिकाले निर्देशन दिएको छ ।