
डा.लक्ष्मीकान्त चापागाईं
वरिष्ठ आयुर्वेद चिकित्सक
आयुर्वेद चिकित्सामा गुर्जोको धेरै महत्व र उपयोग रहि आएको छ । कोभिड संक्रमण यता धेरै आयुर्वेद चिकित्सक, वैद्य परम्परागत वैद्य, थामी झाक्री केही जाने सुनेका व्यक्तिहरुबाट समेत उपयोगी भएको हुनाले कोभिड १९ को संक्रमणबाट जोगाउन सक्ने उपयोगी महौषधीको रुपमा समेत प्रचार प्रसार भईरहेको छ ।
त्रेता युगमा अभिमानी लङ्काधीश रावण कामातुर भएर सीताहरण गरेको हुँदा राम र रावणको ठूलो युद्ध भएको थियो । उक्त युद्धमा रामले वाँनर सेनाको सहायताले रावणलगायत धेरै दानवहरु मारिएका थिए । उक्त युद्धमा केही वाँनर सेना समेत मरेको अवस्थामा स्वर्गका राजा इन्द्र रामचन्द्रजी सँग खुसी भएर मरेका वाँनर सैन्य जिवित गराउन स्वर्गबाट अमृत वर्षा गरेका थिए र मृत वाँनरहरु अमुत वर्षापछि जिवित भएको र वाँनरको शरीरबाट पृथ्वीमा परेका अमृतका थोपाहरुबाट गुर्जोको उत्पती भएको भाव प्रकाश निघन्टुमा उल्लेख गरिएको छ ।
परिचय ः नेपाली नाम गुर्जो, संस्कृत नामः गुडूची, हिन्दी नामः गीलोय
अंग्रेजीमाः त्ष्लयकउयचब, लेट्रिन नामः त्ष्लयकउयचब, ऋयचमषयष्बि, भनिन्छ । यो बहुवर्षायु लहरा जातीको वनस्पती हो । वन पाँखा, पखेरामा विभिन्न रुखहरुमा आड लाएर झाँगिन्छ । यसका पात पानका पात जस्तै गोलाकार र चिल्ला हुन्छन् । हल्का पहेंलो झुप्प परेको फूल फुल्दछ । केराउका गेडा जस्तै फूलमा दाना लाग्दछ र पाकेपछि रातो हुन्छ । यो नेपालको तराई देखी मध्य पहाडी भाग सम्म पाइन्छ । वसन्त ऋतुमा यसका पातहरु झरेर नयाँ पात पलाउँदछ । वसन्त ऋतुमा नै यसका जरा र डाँठ संकलन गरि औषधिको रुपमा प्रयोग गर्न लामो समय राख्न सकिन्छ । यसको प्रयोग हुने भाग डाँठ र जरा नै हो । यो कुचिला खिर्राे र अगेरीमा आँड लागेको प्रयोग गर्न उपयुक्त मानिदैन ।
गुण र प्रयोग
गुर्जोको रस तितो र उष्ण विर्य भएको हुने हुनाले यसले वात, पित्त, कफ, त्रिदोषनाशक छ । त्यस्तै रसायन शरीरलाई बलियो बनाउने र ज्वर नाशक, भोक जगाउने, मूत्र र छाला सम्वन्धि विकार, प्रमेह (मधुमेह), दाम खोकी अर्श, हृदयरोगमा लाभदायक छ । अन्य औषधि संग मिलाएर धेरै रोगमा प्रयोग सकिन्छ । वैज्ञानिक अनुसन्धानबाट व्याधि प्रतिकारक गुण भएको हुनाले रोग प्रतिरोधात्मक शक्ति (क्ष्mmगलष्तथ एयधभच) बढाउन ठूलो मद्दत पु¥याउँने हुदाँ सबैलाई यसको सेवनले लाभ मिल्दछ ।
मात्रा ः एक बित्ता जति यसको डाँठ थिचेर पानीमा राम्ररी पकाएर ३०–३० m िको दरले विहान वेलुकी खाना खानु अघि सेवन गर्न सकिन्छ । यसको चुर्ण ३ देखी ४ ग्राम मनतातो पानी सँग विहान बेलुकी खाना खानु अघि सेवन गर्न सकिन्छ । गुर्जाकोसत्व १–१ ग्राम बिहान बेलुकी मन तातो पानी सगँ खान सकिन्छ ।