
दमौली, २८ असोज
तनहुँ, असोज २८ गते । हत्या अभियोग लागेका एक फरार अभियुक्त .२९ वर्ष पछि प्रकाउ परेका छन् ।
प्रकाउ पर्नेमा घिरिङ गाउँपालिकाका–५ बस्ने ५५ वर्षिय जोगबहादुर श्रेष्ठ रहेका छन् । २९ बर्ष अगाडि मंसिर पूर्णिमाको मेलामा स्थानीय दुई समुहबीच झगडा हुँदा बाबुलाल थापा मगरको बुबाको मृत्यु भएको घटनामा श्रेष्ठको संलग्नता भएको प्रहरीले जनाएको छ । तनहुँ जिल्ला अदालतबाट वि.स. २०४८ फागुन १९ गतेको फैसलाले निज उपर कैद सजाय हुने गरी फैसला तोकेकोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अदालतबाट तोकिएको कैद मध्ये ९ बर्ष ६ महिना १६ दिन कैद भुक्तान नगरी हालसम्म फरार रहेकाले श्रेष्ठलाई खोजतलास गर्ने मङ्गलबार दिउँसो घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयत तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको छ ।