दलहरुको चासो सह्रानीय

तनहुँमा रहेका राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काग्रेस, समाजवादी जनतावादी पार्टीले जिल्लाको पछिल्लो विविध विषयका बारेमा चासो व्यक्त गरेका छन् । यसरी चासो व्यक्त गर्ने क्रममा आइतबार नेपाली काग्रेसको पार्टी कार्यालयमा सर्वदलीय बैठक आयोजना समेत गरिएको छ । काग्रेसको पार्टी कार्यालयमा आयोजना गरिएको सर्वदलीय बैठकले कोभिड—१९ समस्या समाधान र व्यवस्थापन, जिल्ला स्थित प्राकृतिक स्रोत साधनको समुचित प्रयोग तथा बाढी पीडित राहत र उद्धारका विषयमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । साथै सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरुले सयुक्त रुपमा आइतबार सम्पन्न सर्वदलीय बैठकका निर्णयहरु सोमबार जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय तनहुँलाई ध्यानाकर्षण गराएको छ । जिल्लाका विविध विषयमा तनहुँका राजनीतिक दलहरुले सयुक्त रुपमा जुन निर्णय गरेका छन् त्यो अत्यन्त सकारात्मक छ । यत्ति हो कि सर्वदलीय बैठकले गरेका निर्णयहरु कार्यान्वयन हुन्छ कि हुँदैन त्यो भने निकै चासोको विषय बनि रहेको छ ।

हुन त जिल्लाका विविध विषयमा जिल्ला स्थित राजनीतिक दलहरुले यस अगाडि पनि राजनीतिक दलहरुले चासो व्यक्त नगरेका होइनन् । यसरी चासो व्यक्त गरेर जिल्ला समन्वय देखि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका थिए । तर दलहरुले चासो व्यक्त गरे पनि कार्यान्वयन गर्ने विषयमा ति निकायहरुको खासै ध्यान पुग्न सकिराखेको अवस्था थिएन । तसर्थ यस पटक भने राजनीतिक दलहरुले देखाएको चासोको विषयमा समन्वय र जिल्ला प्रशासनले विशेष ध्यान दिनु जरुरी देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s