गाउँमै बिक्ने खसीबोका बजारमा ल्याउँदा पनि बिक्री भएनन्

अमरराज नहर्की
दमौली ,२७ असोज ।
गत वर्षको दशैंमा खसीबोका बेचेर मनग्गे कमाएका ऋषिङ गाउँपालिका–४ भिरकोटका कृषक निमबहादुर सुनारको यसपाली विक्री नहुँदा हात पुम्पुरोमा छ । सबैभन्दा धेरै विक्री बेला नै विक्रीमा समस्या परेकाले उनि चिन्तित बनेका हुन् ।


‘विगतका वर्षहरुमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्थे यसपाली बिक्री नभएर बजार ल्याईयो तर बिक्री गर्न कठिन भयो बिकले भने ।’ कोरोना भाईरसले गर्दा बजारमा चहलपहलमा कमी आउनु तथा आम्दानी पनि कम भएकोले विक्री कम भएको अनुमान कृषकको छ । गतवर्ष ७ लाखको बिक्री गरेपनि यसपाली आधा कम बिक्री भएको उनी बताउँछन् ।


गाउँकै मूल्यमा सहरमा खसीबोका पाउँदा मासु व्यावसायी खुसी
यसैबीच कृषकलाई विक्री नभएर समस्या परेपनि दमौली बजारमा मासुको व्यवसाय गर्नेलाई भने फाईदा भएको छ ।
गाउँकै मूल्यमा बजारमा खसी बोका खरीद गर्न पाउँदा सजिलो भएको दमौली मासु व्यवसाय गर्नेहरुको भनाई छ । व्यास नगरपालिकाको माछा–मासु पसलमा केसी मासु पसलका सञ्चालक कृष्ण केसीले बजारमा आपूmले चाहेको मूल्यमा खसीबोका पाएकोले गाउँ जान छाडेको बताए । ‘विगतका दशैंमा गाउँमा सकिएर नपुगेर इन्डियाबाट ल्याईएका खसीबोका किन्नु पथ्र्यौ यसपाली दमौली बजारमा पाईएको छ’ केसीले भने । गाउँबाट ल्याईएका खसीबोका तुरुन्त विक्री नभएकोले राख्नलाई समस्या परेको कृषकले बताएका छन् ।
त्यस्तै तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र होटल, रेष्टुरेन्ट बन्द हुनु, भोजभतेर नहुनु, होमस्टे लगायतका पर्यटन क्षेत्रहरु ठप्प हुनु जस्ता कारणले गर्दा मासु खपत घटेकाले समस्या भएको बताउँछन् । आम्दानी कम भएकोले दिनदिनै, हप्तै पिच्छे मासु खानेहरु पनि खर्च कटाउन थालेकाले प्रभावित भएको मिश्र बताउँछन् । शिक्षक र कर्मचारीको तलब वितरण भएपछि भने खसी बोकाको खपतमा केही सहजगकता हुने मिश्रको भनाई छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s