तनहुँका राजनीतिक दलहरुको सर्वदलीय बैठक सम्पन्न

दमौली ,२६ असोज ।
राष्ट्रिय मान्यता प्राप्त तनहुँका राजनीतिक दलहरुको सर्वदलीय बैठक आइतबार सम्पन्न भएको छ ।
सो सर्वदलीय बैठकमा नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनता समाजवादी पार्टीका जिल्ला नेतृत्वको उपस्थिती रहेको थियो । बैठकले कोभिड—१९ समस्या समाधान र व्यवस्थापन, जिल्ला स्थित प्र्राकृतिक स्रोत साधनको समुचित प्रयोग तथा बाढी पीडित राहत र उद्धार लगायतका विषयमा छलफल गरिएको थियो । नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको सभापतित्वमा भएको बंैठकमा नेकपा तर्फबाट जिल्ला अध्यक्ष केदार सिग्देल, जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, नेपाली काग्रेस तनहुँका जिल्ला सचिव विश्व वास्तोला, जसपा केन्द्रीय सदस्य देवन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै बैठकमा नेपाली काग्रेसका जिल्ला सहसचिव केशवहादुर सुनार, प्रवक्ता महेश्वर भट्राई, महासमिति सदस्य रामचन्द्र अधिकारी, जिल्ला सदस्य तारा प्रसाद श्रेष्ठ, जिल्ला सदस्य अशोककुमार श्रेष्ठ, नेकपाका जिल्ला सद्यस्य ओमराज आले, अतिन्द्रकेशरी न्यौपाने, विष्णुभक्त सिग्देल, जसपाका अमर भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s