खानेपानीको क्षेत्रमा रोटरीको सह्रानीय सहयोग

जलस्रोतमा नेपाल विश्वकै दोस्रो धनी मुलुक मानिन्छ । जलस्रोतको विषयमा वहस हुँदा नीति निर्माण तहमा बसेका देखि राजनीतिक दलका नेतासम्मले भाषणमा नेपाल विश्वमा दोस्र्रो धनी देश भएकाले विजुली बेचेर सम्पन्नशाली बन्न सकिने तर्क अगाडि सार्ने गर्दछन् । नेपालमा हिमालबाट निरन्तर बहने ठूला नदीनाला धेरै भएकोले पिउनको लागि समेत अति योग्य भएको महत्वपूर्ण नदी धेरै छन् । त्यस्तै हिमाल बाहेका क्षेत्रबाट बग्ने खोलानाला, झरना थुप्रै छन् । तर विडम्बना अभैm पनि थुप्रै नेपालीले पिउनलाई प्रयाप्त पानी नपाएर राम्रोसँग आँत भिजाउन पाएका छैनन् । चुनावी समयमा पनि नेताहरुले काकाकुल जीवनबाट छुटकारा दिलाउँछु भनेर प्रतिबद्धता व्यक्त गर्छन् । खानेपानी मानव जीवनका लागि नभइनहुनेमा पर्छ । ‘त्यसैले भनिन्छ ‘जहाँ पानी त्यहाँ जिन्दगानी’ खानेपानी सहज रूपमा उपलब्ध हुन सकेन भने जीवनशैली नै कठिन हुन्छ । महिला दिदी बहिनीहरु एक गाग्री पानी लिन डोको बोकेर घटौं हिड्नु पर्ने बाध्यतामा छन् । उनिहरुको थाप्लोमा नाम्लोको डोब देख्न सकिन्छ । पछिल्लो तथ्यांक अनुसार ८७ प्रतिशत आधारभूत पानी उपलब्ध भएको छ । करिब २१ प्रतिशतले मात्रै स्वच्छ पानी पिउन पाएका छन् ।

खानेपानीको अभावमा टाढा—टाढा धाउन विवश भएका, खोलाको धमिलो पानी खान बाध्य भएका व्यास नगरपालिका वडा नम्बर ५ मा विभिन्न गाउँका बासिन्दाको समस्या समाधान हुने भएको छ । खानेपानी आयोजनाको लागि अमेरिका स्थित एक रोटरी क्लबबाट सहयोग प्राप्त भएपछि स्थानीय वासिन्दामा खुसी छाएको छ । वडा नम्बर ५ को पँधेरी खोला खानेपानी तथा सरसफाई योजनालाई सहयोग प्राप्त हुने भएपछि स्थानीयमा खुसीको सञ्चार भएको छ । खानेपानीको लागि रोटरी क्लब अफ होनोलुलु सनसेनबाट आर्थिक सहायता प्रदान गर्ने सम्झौता भई योजना विस्तृत प्रतिवेदन (डिपिआर) तयार समेत पुरा भएको छ । रोटरी क्लब अफ दमौलीले समन्वय गरी आर्थिक सहयोगको लागि सम्झौता भई काम अघि बढाईएको छ । ७५ हजार डलर सहयोग गर्ने सम्झौता हुनु भनेको त्यस भेगका बासिन्दाको लागि ठूलो हर्षको कुरा हो । १ करोड १६ लाख रुपैयाँको लागत निर्माण हुने उक्त आयोजनाको लागि रोटरी क्लब अफ दमौलीले तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । अपुग रकम व्यास नगरपालिकाले सहयोग गर्ने भनिएको छ । चुँदे, क्षत्रीगाउँ, रानीटारी, नेपालटार, ढाप थुङ्सी गरी ५ गाउँका गाउँमा खानेपानीको समस्या रहेको गाउँमा उक्त योजनाले पानीको उपलब्धता गर्ने अवस्था देखिएको छ । खानेपानीको निमार्ण गरिएको डिपिआरको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण समेत गरि सकिएको छ । रोटरी क्लब अफ दमौलीले खानेपानीको समस्या समाधान गर्नको अन्तराष्ट्रिय सहयोग जुटाउन सफल भएको छ । यस कार्यको लागि रोटरी क्लबलाई जति धन्यवाद दिए पनि कमि हुन्छ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s