सेतीमादी संवाददाता
दमौली, २४ असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी शुक्रबार र शनिबार जिल्लाका विभिन्न कार्यक्रमहरुमा व्यस्त रहे ।

यसरी व्यस्त रहनेक्रममा पूर्वमन्त्री भण्डारी शुक्रबार नेपाली कांग्रेसका नेता स्वर्गीय गौरवराज रेग्मीको १३ औं दिनको पुण्यतिथिको कार्यक्रममा सहभागी भएका थिए ।
सो कार्यक्रममा बोल्दै पूर्वमन्त्री भण्डारीले आर्दश, निष्ठा र समाजप्रतिको समर्पण नेपाली कांग्रेस पार्टीले कहिल्यै भुल्न नहुनेमा जोड दिएका थिए । स्वर्गीय रेग्मीमा ‘जुन गुण योग्यता र चरित्र थियो त्यो प्रकारको गुणहरु वास्तविक रुपमा हामीले अंगालेर काम गर्न सक्यौं भने मात्रै रेग्मी प्रति सम्मान ठहरिन्छ ’ भण्डारीले भने ।
लोकतन्त्रको लागि पु¥याउनु भएको योगदान, भूमिका निर्वाह गरेको पार्टीले कहिल्यै नबिर्सने पनि विश्वास दिलाउँदै भण्डारीले पार्टी संगठन सुदृढीकरणमा रेग्मीले ठूलो योगदान पु¥याएको बताए ।

वडा सभापति भिमबहादुर सारुको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जितप्रकाश आले, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, नेपाली काग्रेस म्याग्देका सभापति रामबहादुर अधिकारी, नेपाल महिला संघ तनहुँकी सभापति पवित्रा पौडेल, रेग्मीका सहकर्मी रमेशदत्त वाग्ले लगायतले बोलेका थिए । वक्ताहरुले स्व.रेग्मीले सामाजिक तथा राजनीतिक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गरेका थिए ।यसैगरी पूर्वमन्त्री के.स.एवं पूर्वमन्त्री भण्डारी शनिबार बिहान भानुका काग्रेसका पुराना नेता गिरिन्द्रबहादुर पन्तलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए । त्यस्तै शनिबार के.स.भण्डारी शनिबार शुक्लागण्डकी नगरपालिका वडा नं १२ को लिलाचोकमा तरुण दलद्धारा आयोजित कार्यक्रममा सहभागी भएका थिए । वडा सभापति क्या. गजबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा कार्यवाहका सभापति जितप्रकाश आले, संविधान सभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, तरुण दलका जिल्ला सदस्य भक्तबहादुर श्रेष्ठ, क्षेत्रीय सचिव श्रीराम सुवेदी, शुक्लागण्डकी नगर कार्य समितिका सभापति माधव भट्राई लगायतले बोलेका थिए । सो अवसरमा पूर्वमन्त्री भण्डारी विभिन्न खेलकुद सामाग्री समेत हस्तान्तरण गरेका थिए ।

त्यस्तै के.स.भण्डारीले तरुण दलका पूर्व जिल्ला सदस्य कमलबहादुर रानाको उपचारका लागि ४५ हजार सहयोग हस्तान्तरण गरेका थिए ।