
सेतीमादी संवाददाता
दमौली, २३ असोज । तनहुँको व्यास नगरपालिकाले आगामी तीनवर्षे आवधिक योजना निर्माण गर्ने भएको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
सरोकारवालासँग छलफल गरेर तीन महिनाभित्रै आवधिक योजना बनाईने नगरपालिका उपप्रमुख मिरा जोशीले जानकारी दिईन । दुरगामी महत्व राख्ने ठुला योजनाहरु नगरपालिकाको वजेटले मात्रै सम्भव हुँदैन योजना निर्माण भयो भने प्रदेश तथा सङ्घ बजेट लिन सहज हुने भएकोले निर्णय गरिएको हो ।’ उपप्रमुख मिरा जोशीले भनिन् । भएकोले योजना बनाईन लागेको जनप्रतिनिधि आएपछि बिगत तीन वर्षमा भएका कार्यप्रगति समिक्षा गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका बैकठले बिगतमा भएका कार्यक्रमका समिक्षा रहेको हो । कार्यपालिका बैठकले आगामी तीन वर्षका लागि आवधिक योजना निर्माण गर्ने निर्णय समेत गरेको छ ।
विपद्बाट नोक्सान पुगेको यातायात, खानेपानी, सिंचाइ लगायत बाँकी पुनःस्थापनालाई निरन्तरता दिने बैंठकले निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । वडा नम्बर–१० स्थित गौसंरक्षण केन्द्रमा प्राङ्गरिक मल उद्योग सञ्चालन गर्न आवश्यक व्यवस्थापन गर्नका लागि कार्य अघि बढाउने निर्णय गरिएको छ । शहरी क्षेत्रबाट संकलित पुनःप्रयोगमा आउने फोहोरलाई वडा नम्बर १ स्थित कुञ्छाली टोल अन्तरगत विसर्जन गर्न सहयोग र्पुयाउने जग्गा दाताहरुलाई वैठकले धन्यवाद ज्ञापन गरेको प्रवक्ता श्रेष्ठद्धारा जारी विज्ञेप्तीमा जनाईएको छ ।
यस्तै, रोटरी क्लव नेपालले व्यास नगरपालिकालाई कोभिड(१९ संक्रमण परीक्षणका लागि पीसीआर परीक्षण गर्ने मेशिन हस्तान्तरण गर्ने भएको बैठकमा जानकारी गराइएको थियो । कोभिड–१९ को प्रभाव विस्तारित हुँदै गएकाले सम्पूर्ण नगरबासीलाई सचेत र सावधानीपूर्ण तवरले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध बैठकले गरेको छ । यस्तै बाहिरबाट व्यास नगरपालिकामा आउनु हुने नगरबासिलाई सुरक्षित होम क्वारेन्टिनमा बस्न, सुरक्षित होम क्वारेन्टिन नभएमा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा न्यूनतम १४ दिन बस्न नगरपाकिाले अनुरोध गरेको छ । यदि कोही व्यक्तिमा संक्रमणको शंका भएमा पीसीआर परीक्षणका लागि नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।
यस्तै, बैठकले व्यास नगरपालिका टोल विकास संस्था कार्यविधि २०७७, व्यास नगरपालिका स्लेट ढुङ्गा उत्खनन एवं कटिङ उद्योग सञ्चालन कार्यविधि २०७७, व्यास नगरपालिका करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ संशोधन तथा पारित गरेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले बताए । नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक खरीद योजना र नदीजन्य ढुङ्गा, बालुवासम्बन्धी आइइ प्रतिवेदन स्वीकृत समेत गरेको नगरपालकाद्धारा जारी विज्ञेप्तीमा जनाईएको छ ।