विदेशबाट फर्किएका युवाहरु कृषि कर्ममा

दमौली,२२ असोज ।
शुक्लागण्डकी नगरपालिका वडा नं १२, बरडाडा ओझा टोलमा विदेशबाट फर्किएर युवाहरु कृषि कर्ममा लागेका छन् ।
कृषि कर्मममा लाग्नेमा डम्बर सिं गुरुङ, होमबहादुर गुरुङ, नुमबहादुर गुरुङ, युवराज गुरुङ (क), युवराज गुरुङ (ख) र रामबहादुर गुरुङ लगायत १५ जना रहेका छन् । उनीहरु युथ हयाण्ड समूह स्थापना गरेर कृषि कर्ममा लागेका हुन् । कृषि कर्ममा लागेका उनीहरुले डम्बर सिं गुरुङको अध्यक्षतामा १५ सदस्यीय समूह गठन गरेका छन् ।
उनीहरुले समूह मार्फत ६ रोपनी जमिनमा अकबरे खुर्सानी, ४ रोपनी जमिन लसुन, ६ रोपनी जमिनमा २ सय ५० कागतीका विरुवा रोपेका छन् । आफूहरुको उत्पादनको मुख्य विक्री केन्द्र पोखरा भएको समूहका प्रवन्धक होमबहादुर गुरुङले बताए । कृषि समूहबाट उत्पादित कृषिजन्य सामाग्रीबाट राम्रो आम्दानी हुने गरेको समेत गुरुङले बताए । गुरुङका अनुसार मासिक ६० देखि ७० हजार सम्म आम्दानी हुने गरेको छ । झण्डै ४ बर्ष विदेशमा बस्दा खासै उपलब्धि हुन नसकेपछि गाउँमा आएर कृषि पेशामा लागेको गुरुङले बताए ।
त्यस्तै समूहका अध्यक्ष डम्बर सिं गुरुङ समेत कृषि क्षेत्रमा प्राप्त उपलब्धिले आफूहरुलाई थप उत्साहित बनाएको बताएका छन् । आगामी दिनमा अझ सशक्त ढंगले कृषि कार्यमा लाग्ने समेत अध्यक्ष गुरुङले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s