तनहुँ प्रहरीद्धारा गाँजाको बोटहरु फडानी गरी नष्ट

सेतीमादी संवाददाता
दमौली, २३ असोज ।
तनहुँ प्रहरीले देवघाट गाउँपालिका र भिमाद नगरपालिका दुई स्थानबाट गरी पाँच रोपनी जग्गामा पैmलिएको गाँजाको बोट उखले नष्ट गरेको छ ।
लागु औषध गाँजा खेती रहेको भन्ने सूचनाको आधारमा उक्त रोपनीमा लगाईएको गाजाँका बोटहरु फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए । देवघाट गाउँपालिका–२ को लेखस्वारा र बेसार्दी भन्ने स्थानमा ईलाका प्रहरी कार्याललय. साराङ्गघाट टोलीले ४ रोपनी जग्गामा फैलिएको ४५० बोटहरु नष्ट गरिएको उनले बताए ।


यस्तै भिमाद नगरपालिका– १ गोर डाडा र सो आसपासको क्षेत्रहरुमा रहेको एक रोपनी क्षेत्रफलमा रहेको हरियो गाँजाका बोटहरु पनि प्रहरीले नष्ट गरेको छ । प्रहरी चौकी किहुँबाट खटिएको टोलीले उक्त क्षेत्र १ रोपनी जग्गामा फैलिएको १ सय वटा बोटहरु बिहीबार उखलेर स्थानीय मानिसहरुको सहयोगमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s