चुँदीरम्घामा रामयण भवन निर्माण

अमरराज नहर्की
दमौली ,२३ असोज ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित चुदी रम्घामा रामायण भवन निर्माण गरिएको छ ।
भवन निर्माणसँगै भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्य स्थलका रुपमा विकास गर्न मद्धत पुगेको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले बताइन् ।
रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको वार्ताली सालको काठ प्रयोग गरी बनाईएको छ भने बाहिरी भागमा ढुङ्गा कुँदिएका छन् । भवन निर्माण पुरा भएपनि रामायण भएका श्लोकहरु, रामायण सम्बन्धि तस्बिर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करीव तीन करोड रुपैयाँको लागतमा भवन निर्माण गरिएको भानु जन्मस्थल विकास समितिका निर्वतमान कार्यकारी निर्देशक शंकर रानाभाटले बताए ।


समिति विहिन हुँदा संरक्षण गर्न कठिनाई
भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणधिन संरचनाको संरक्षण र सम्बद्र्धन गर्दै आएकोमा हाल समिति विहिन भएकोले रामायण भवनलाई संरक्षण गर्न कठिनाई भएको छ ।
भवनका समान चोरी हुने, आगोलागी हुने जस्ता जोखिम रहेको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक रानाभाट बताउँछन् । भानुभक्तको कृतित्व र व्यक्तित्व विश्वसामु पु¥याउने उद्देश्यले गठित समिति स्थानीय तहहरु गठन भएपछि सो संस्था समिति विहिन बन्न पुगेको रानाभाटले जानकारी दिए ।
यस अघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकको रुपमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मनोनयन गर्दै आएको थियो । भानु नगरपालिकाका प्रमुख उदयराज गौली समिति संघीय सरकारको मातहतमा हुनु पर्ने बताए । ‘राष्ट्रिय विभूतिको सम्मान गर्न पनि सङ्घीय सरकारले जिम्मा लिने गरि गठन हुनु पर्छ, संघले प्रदेशलाई, प्रदेशले नगरपालिकालालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्चाउने काम गर्नुहुँदैन ।’ नगर प्रमुख गौलीले भने ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s