कोरोनाको कहरमा पत्रकार र सञ्चार गृहको अवस्था बुभ्mन प्रेस काउन्सिलको टोली तनहुँमा

दमौली ,२३ असोज ।
कोरोनाको संक्रमणले पत्रकार र सञ्चार गृहलाई पारेको प्रभावको बारेमा जानकारी लिन प्रेस काउन्सिल नेपालको टोली तनहुँ आएको छ ।
काउन्सिलका सदस्य चेतनाथ धमला र वरिष्ठ प्रशाकीय अधिकृत दीपक खनालको टोलीले भेट गरी समस्याको बारेमा जानकारी लिएको थियो । सुझाव संकलन गरी काउन्सिलको बोर्ड बैठककमा छलफल गर्नको लागि जानकारी लिन आएको बोर्ड सदस्य धमलाले जानकारी दिए । कोरोनाको कहरले पत्रकारको पेशागत र भौतिक दुवै सुरक्षा जोखिममा परेको पाईएकोले कार्यदल नै बनाएर सुझाव संकलन भईरहेको उनले जानकारी दिए । विज्ञापनको समस्या समाधानको लागि सरकारले विज्ञापन बोर्ड स्थापना गर्न लागेको वरिष्ठ प्रशासकीय अधिकृत खनालले जानकारी दिए ।


उक्त अवसरमा तनहुँका सञ्चारकर्मीले सरकारले कोभिडको सन्देश श्रेणी नभई समानुपातिक ढंगले वितरण गर्नु पर्ने, पत्रपत्रिकाको रेकर्डको लागि जिल्ला हुलाक कार्यालयलाई जिम्मा दिनुपर्ने अंक थोरै भएपनि वर्गिकरणमा पार्नु पर्ने लगायतका सुझाव दिएका थिए ।
टोलीले नेपाल पत्रकार महासंघ तनह्ुँका अध्यक्ष ओमकार आचार्यलाई प्रेस काउन्सिलबाट हालै प्रकाशित सामग्रीहरु हस्तान्तरण गरेको थियो । यस अघि टोली गोरखा पुगेर पनि सञ्चारकर्मीसँग छलफल गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s