
दमौली ,२२ असोज ।
जिपी फाउन्डेसन तनहुँले चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द के.सी.को जीवन रक्षाको माग गरेको छ । फाउन्डेसनले बुधबार प्रेस विज्ञेप्ती जारी गरि माग गरेको हो ।
फाउन्डेसनका अध्यक्ष कमलामोहन वाग्ले र सचिव कृष्णचन्द्र पाण्डेद्धारा जारी विज्ञेप्तीमा संविधानले प्रत्याभूत गरेको शिक्षा र स्वास्थ्य अधिकारको कार्यान्वयन हुनु पर्ने निस्वार्थ माग राख्दै संघर्षरत डा. केसीको सत्याग्रह प्रति गंभिर बनि माग पुरा गर्नु पर्ने उल्लेख गरिएको छ ।