
१ सय ४० मेगावट क्षमताको तनहुँ जलविद्युत्त आयोजनाको निर्माण कार्य अगाडि बढि रहेको छ । जलविद्युत्त आयोजनाको निर्माण कार्य अगाडि बढ्ने क्रममा ५ सय ४० मिटर सुरुङ खन्ने र परीक्षणको पहिलो चरणको कार्य सम्पन्न भएको छ भने सुरुङ भित्र भौगर्भिक परीक्षणको लागि कोर डिलिङका काम र परीक्षण कार्य समेत सम्पन्न भईसकेको छ । त्यस्तै जलविद्युत आयोजनाको प्रवेश मार्ग, पुल तथा क्याम्पको लागि सर्भे र डिाजाईन आदिको काम सम्पन्न गरी नदीमा पुल निर्माण कार्य समेत सम्पन्न भएको छ । त्यसैरी क्याम्प, प्रवेश मार्गमा पर्ने घर, जग्गा प्राप्तिको लागि प्रारम्भिक कार्य पुरा गरी मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भई मुआब्जा तथा क्षतिपूर्ति वितरणको काम अगाडि बढिरहेको छ । यि कार्यका अलावा अन्य थुप्रै कार्यहरु समेत भईरहेका छन् । जतिपनि कार्यहरु भएका छन् । ति कार्यले तनहुँ जलविद्युत आयोजना छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि टेवा नै पुगि रहेको छ । यसलाई सकारात्मक रुपले हेरिनु पर्दछ ।
तर तनहुँ जलविद्युत आयोजनाको आयोजनाको काम निरन्तर रुपमा अगाडि बढि रहेका बेला स्थानीयहरुले ३५ बुँदे माग अगाडि सारेका छन् । जसअन्र्तगत तनहुँ जलविद्युत आयोजना सञ्चालनका क्रममा अवरुद्ध हुन पुगेका खानेपानी सञ्चालन गरिनुपर्ने, क्षति पुगेको घर पुननिर्माण गरिदिनु पर्ने वा मुआब्जा दिनुपर्ने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने, बिग्रिएका बाटो तथा सडकको स्तरोन्नोति गर्नुपर्ने, रोजगारी प्रदानका लागि आवश्यक तालिम दिनुपर्ने माग राखेका छन् । तनहुँ जलविद्युत आयोजना संग स्थानीयहरुले जति माग राखेका छन् । सरसर्ती ति मागहरु स्वभाविक माग जस्तै देखिएका छन् । तसर्थ स्थानीयको मागलाई सम्बोधन गर्ने विषयमा आयोजना विशेष ध्यान दिनु जरुरी छ । किनकि स्थानीयको मागलाई वेप्रवाह गर्दा त्यसले भावि दिनमा आयोजना सञ्चालनमा निकै कठिनाई सिर्जना हुने देखिन्छ । अर्कोतर्फ स्थानीयहरुले पनि सोच्नु के जरुरी छ भने आयोजना नै प्रभावित हुने हिसाबले माग राख्नु उचित हुँदैन । त्यसैले मागहरु राख्दा आयोजना प्रभावित हुने हिसाबले राख्ने प्रवृतिको अन्त्य गरिनु पर्दछ ।
सेतीमादी सम्पादकीय