ट्राफिकद्धारा १०३ हटलाईन नम्बर सञ्चालनमा

अमरराज नहर्की
दमौली ,२२ असोज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले १०३ फोन नम्बर भएको हटलाईन सञ्चार सञ्चालनमा ल्याएको छ ।
कुनै सवारी दुर्घटना भएमा जुनसुकै मोबाईलबाट सिधै ट्राफिक प्रहरीलाई निःशुल्क सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा ल्यार्ईएको हो । तनहुँमा पहिलो पटक असोज १७ गते शनिबार देखि सेवा सञ्चालनमा ल्याइएको तनहुँ ट्राफिकले जनाएको छ । दुर्घटनाको जानकारी आदानप्रदान र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले हटलाइन सेवा शुरु गरिएको तनहुँका ट्राफिक प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिए । जुनसुकै नम्बरबाट फोन गर्दा पनि हटटाईनमा पैसा नलाग्ने कार्यालयले जनाएको छ ।


साङ्ले चाबी कारबाही शुरु
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले अव्यवस्थित तरिकाले पार्किङ गर्ने सवारी साधनलाई साङ्ले चाबीद्धारा बन्द गर्न थालेको छ ।
मंगलबार पहिलो दिनमा चार र दोस्रो दिन बुधबार दिउँसो सम्ममा २० जनालाई साङ्ले चाबीले बन्द गरी कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रानाभाटले बताए ।
अव्यस्थित पार्किङ गरी चालक लामो समय सम्पर्क बिहीन हुने गरेकोले त्यस्ता सवारी साधानलाई लक्षित गरी साङ्ले चाबीद्धारा बन्द गरिएको कार्यालयले जनाएको छ । ‘नियम उल्लङ्घन गर्नेलाई दिनभर कुर्न सम्भव हुँदैन त्यसैले साङ्ले चाबीले बन्द गर्न थालिएको छ’ ट्राफिक प्रमुख रानाभाटले भने । मंगलबार पहिलो दिनमा चार र दोस्रो दिन बुधबार २० जनालाई साङ्ले चाबीले बन्द गरी कारबाही गरिएको रानाभाटले बताए ।


सडकमा दोहोरो सवारी पार्किङ गरेर सवारी आवगमनमा बाधा पुर्याउने कार्य हुदै आएपछि ट्राफिकले एक हप्ता एक साइड, अर्को हप्ता अर्को साइडमा गरी पार्किङको व्यवस्था मिलाएको छ । नो पार्किङ स्थलमा समेत अव्यवस्थित रुपमा सवारी पार्किङ गर्ने, दिनभर पार्किङ गरेर अन्य काममा भुल्ने गरेकोले त्यसलाई न्यूनिकरण गर्न नयाँ तरिका अपनाईएको रानाभाट बताउँछन् । सवारीमा चेनलक संगै नम्बर प्लेट टाँसिन्छ, टाँस गरिएको सम्र्पक नंम्बरमा सम्र्पक गरी कार्यालयमा आएर एक हजार रुपियाँ जरिवाना काटेपछि मात्रै ट्राफिक प्रहरीले चाबी खोलिदिने गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s