स्वास्थ्य सर्तकता अपनाएर व्यवसाय गर्न नगरपालिकाको आग्रह

दमौली ,२१ असोज ।
कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सर्तकता अपनाएर व्यवसाय गर्न व्यवसायीहरुलाई व्यास नगरपालिकाले आग्रह गरेको छ ।
व्यास नगरपालिकाले मंगलबार एक विज्ञप्ती जारी गरी व्यवसायीहरुलाई सो आग्रह गरेको हो । त्यस्तै विज्ञप्तीमा विशेष ध्यान दिन समेत नगरपालिकाले व्यवसायीहरुलाई आग्रह गरेको छ ।
त्यस्तै जारी विज्ञप्तीमा बजार अनुगमनका क्रममा पसलमा मुल्य सुची नराखेको, बिना दर्ता पसलहरु सञ्चालन गरेको, फुटपाथमा सामानहरु राखी पैदल यात्रूहरुको आवगमनमा अवरोध पुर्याई रहेको देखिएको हुँदा त्यस्ता कार्य तत्काल रोक्न समेत आग्रह गरिएको छ ।


त्यसैगरी बिक्री गर्ने सामानहरुमा उत्पादन मिति र उपभोग्य मिति नभएको सामान बिक्री गरेको, खरिद गरेको मुल्य भन्दा तीन सय प्रतिशत भन्दा बढी नाफा खाएर सामान बिक्री गरेको, व्यापारिक अनूमति पत्रमा उल्लेख भए भन्दा फरक सामानहरु बिक्री गरेको पाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ । नगरपालिकाको आग्रहले वेवास्ता गरेमा कार्वाही गरिने समेत नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s