चाडपर्वमा सर्तकता अपनाउने कि ?

नेपालीहरुको महान चाड दशै –तिहार नजिकिदै छ । दशै–तिहार नजिकिदै गर्दा रोजगारीका लागि विदेशिएका तथा स्वदेश भित्रकै विभिन्न स्थानमा गएका व्यक्तिहरु घर फर्कनेक्रम जारी रहेको छ । यद्यपी दशै बिदा नभई सकेका कारण घर फर्कनेको संख्या यतिखेर भने कम मात्रामा रहेको छ । जब दशै बिदा हुनेछ त्यसपछि भने घर फर्कनेको लर्को नै लाग्ने छ । यतिबेला विश्वव्यापी रुपमा कोरोनाको संक्रमण रहेको छ । जसको प्रत्यक्ष असर नेपालका गाउँबस्तीहरुमा परेको छ । यसरी कोरोनाको प्रत्यक्ष असर गाउँबस्तीमा पर्दै गर्दा विशेष सर्तकता अपनाउनु जरुरी देखिन्छ । अन्यथा अन्यत्रबाट दशैमा घर आउने व्यक्तिहरुबाट कोरोनाको संक्रमण फैलने सम्भावना निकै रहेको छ । तसर्थ दशैको समयमा कोरोनाको संक्रमण फैलन नदिनका लागि अन्यत्रबाट व्यक्तिहरु सेल्फ क्वारेन्टाइन अपरिहार्य देखिन्छ । यसका अतिरिक्त सम्भव भए पिसिआर टेस्ट अनिवार्य गरिनु पर्दछ । यदि त्यसो गर्न सकेको खण्डमा कोरोनाको संक्रमण फैलने सम्भावना कम रहन्छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले दशै मनाउन आउनेहरुका लागि १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै तनहुँ प्रशासनले गरेको आग्रहलाई सकारात्मक रुप लिनु पर्दछ ।

दशै तिहार लगायतका चाडपर्वमा कोरोनाको मात्र होइन व्यक्तिका घर तथा राजमार्गमा समेत व्यापका रुपमा चोरी र लुटपाटका घटनाहरु हुने गर्दछन् । चाडपर्वको समयमा हुने चोरी र लुटपाटका घटना नियन्त्रण गर्ने विषयमा समेत प्रहरी प्रशासनको विशेष ध्यान पुग्नु पर्दछ । त्यसका लागि ठाउँ–ठाउँमा चेकपोष्ट लगायत सुरक्षाकर्मीको बाक्लो उपस्थिती हुनु जरुरी देखिन्छ । त्यस्तै बैंक तथा वित्तिय संस्था आसपासको क्षेत्रमा समेत चाडपर्वको समयमा विशेष सुरक्षा सर्तकता अपनाउनु जरुरी देखिन्छ । हेरौं, चाडपर्वको समयमा चुनौतीको रुपमा देखिएका स्वास्थ्य र सुरक्षाको विषयमा अवश्य पनि सम्बन्धित निकायको ध्यान पुग्नेछ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s