गोरखामा गाँजा फडानी अभियान सञ्चालन प्रहरीद्धारा एक लाख गाँजाको बोट नष्ट

प्रकाश अधिकारी/सेतीमादी संवाददाता
दमौली, २१ असोज ।
जिल्ला प्रहरी कार्यालय गोरखाले गाँजा फडानी अभियान सञ्चालन गरेको छ । अभियानको क्रममा प्रहरीले ठुलो परिमाणमा गाँजाको बोट नष्ट गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कार्यलयले अभियानलाई निरन्तरता दिईरहेको छ ।


स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी तीन महिना अघि देखि अभियान सञ्चालन भईरहेको छ । कार्यालयमा प्रहरी उपरीक्षक(एसपी) सुरेन्द्र वहादुर गुरुङले नेतृत्व सम्हालेसँगै अभियान सञ्चालन गरिएको हो । यस अभियानका क्रममा झण्डै एक लाख गाँजाका बोट नष्ट गरिएको छ । ‘समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य अनुरुप अभियानलाई सफल बनाउन गाउँका कुना कुनामा पुगेर गाजाँका बोट नष्ट गरेका छौं’ एसपी गुरुङले भने । अभियानको क्रममा ९७ हजार ७५ वटा गाँजाको बोट नष्ट गरिसकिएको एसपी गुरुङले जानकारी दिए ।


फरार अभियुक्त सातो पुत्लो जान थाल्यो
यसैबीच गोरखा प्रहरीले दिनहुँ जसो फरार अभियुक्तलाई पक्राउ गर्न थालेको छ । धमाधम पक्राउ पर्न थालेपछि फरार अभियुक्तको सातोपुत्लो जान थालेको छ । एसपी गुरुङ आएपछि मात्रै ४२ जना फरार अभियुक्त पक्राउ परेका छन् । सार्वजनिक अपराध मुद्दाका २६, सवारी ज्यान मुद्दाका ३, बहु बिवाह मुद्दाका एक जना,जारी मुद्दाका १ जना, जालसाजीका १ जना प्रकाउ परेका छन् । यस्तै गाली बेज्जती, वन, भवितव्य ज्यान मुद्धा एक÷एक जना र चोरी मुद्धाका ७ गरी उक्त संख्याका फरार अभियुक्तहरु पक्राउ परेको प्रहरीको तथ्याङ्कमा देखिएको छ । अदालतले दोषी ठहर गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाको खोजी गर्ने अभियान अन्तर्गत फरार अभियुुक्तलाई पक्राउ गरिएको एसपी गुरुङ बताउँछन् ।
अवैध रुपमा नदीजन्य पद्धार्थ उत्खनन् गर्नेको टाउको दुख्न थाल्यो
यता एसपी गुरुङले सक्रियता देखाए पछि नदीजन्य पद्धार्थको दोहन गर्नेहरुको टाउको दुख्न थालेको छ ।
एसपी गुरुङले निगरानी बढाएकै कारण नदीजन्य पदार्थ उत्खनन ओसारपसार गर्ने १६ वटा सवारी साधनहरु नियन्त्रणमा परिसकेको छन् ।
पक्राउ परेको ति सवारी साधनबाट ३ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक नियममा कडाई
एसपी गुरुङले ट्राफिक नियमलाई कडाईका साथ लागु गर्न निर्देशन दिएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १ सय ४० वटा सवारी साधनलाई कारबाही गरिएको छ ।
असार ५ गते देखि असोज १७ गते सम्ममा ति सवारी साधनलाई जरिवाना गरिएको हो । जरिवानाबाट छोटो अवधिमा नै ७ लाख ८० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s