समन्वय समितिको सहि निर्णय



देशभरी सञ्चालनमा रहेका मापदण्ड विपरितका क्रसर उद्योगलाई मापदण्डमा ल्याउने वहस वर्षेनी चर्को रुपमा उठ्ने गर्दछ । तर वहस त्यतिकै सेलाएर जाने गर्दछ । अनि अवैध क्रसर उद्योगहरु सञ्चालन भई रहेन गर्दछन । खासगरी क्रसर उद्योगहरुमा राजनीतिक दल देखि हाइप्रोफाइलका सरकारी अधिकारी निकटका व्यक्तिहरुको संलग्नता हुने गरेका कारण यस किसिमको समस्या हुने गरेको हो । यहाँसम्मकी कतिपय ठाउँमा जिम्मेवार व्यक्तिहरुको नै क्रसर उद्योगहरुमा प्रत्यक्ष संलग्नता रहने गरेको पाइएको छ । यस्तै समस्या रहेको छ तनहुँमा पनि लामो समय देखि अवैध रुपमा क्रसर उद्योगहरु सञ्चालन भईरहेको छन् । जुन नियम विपरित रहेका छन् । यस्तै मध्येको एक उद्योग हो बन्दीपुर गाउँपालिका ६ साराङघाटमा सञ्चालित नमूना ग्रिड एण्ड क्रसर उद्योग । जुन उद्योग लामो समय देखि अवैध रुपमा सञ्चालन हुँदै आईरहेको थियो ।

यहीबीचमा जिल्ला समन्वय समिति तनहुँले साराङघाटमा सञ्चालित नमूना ग्रिड एण्ड क्रसर उद्योग सञ्चालमा रोक लगाएको छ । अवैध रुपमा सञ्चालन गरिएको क्रसर उद्योग सञ्चालन गर्न जिल्ला समन्वय समितिले जुन निर्णय गरेको छ । त्यसलाई सहि निर्णय मान्नु पर्दछ । किनकि जिल्ला समन्वय समितिको यो पछिल्लो निर्णयले जिल्लाका अन्य भागमा सञ्चालित क्रसर उद्योगहरुलाई समेत नियम विपरित सञ्चालन गर्दा कार्वाहीको भागिदार हुनुपर्दो रहेछ भन्ने सन्देश दिएको छ । सवाल साराङघाटको मात्र होइन व्यास नगरपालिका भित्रका खोला नदीमा नदीजन्य सामाग्री उत्खननका विषयमा समेत प्रश्न चिन्ह उब्जिएको छ । व्यास नगरपालिका भित्रको हकमा हेर्ने हो भने अघिल्लो आर्थिक बर्षको क्षतिपूर्ति वापत यस बर्ष नदीजन्य सामाग्री गर्न दिइएको छ । जुन कानुनी रुपमा अवैध रहेको छ । यस तर्फपनि सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s