दमौली अस्पतालका प्रमुख पौडेल सहित कार्यालय सहयोगीलाई कोरोना संक्रमण

दमौली ,१९ असोज ।
तनहुँको सदरमुकाम दमौली स्थित जिल्ला अस्पतालमा कार्यरत दुई जनालाई कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण हुनेमा दमौली अस्प्तालका प्रमुख डा. सुनिल पौडेल रहेका छन् । केही दिन अगाडि राजधानीबाट फर्किएका डा. पौडेलको शनिबार मात्र स्याब परीक्षण गरिएको थियो । आफूले सर्तकता अपनाउँदा अपनाउँदै पनि संक्रमण भएको डा. पौडेलले बताए । कोरोना संक्रमण देखिएका डा. पौडेल क्वाटरमा आइसोलेसनमा बसेका छन् ।
त्यस्तै डा. पौडेलसगै अस्पतालमा कार्यरत एक कार्यालय सहयोगीलाई समेत कोरोनाको संक्रमण देखिएको छ । ति कार्यालय सहयोगी आइसोलेसनमा अस्पतालका तर्फबाट खटिएका थिए ।


कोरोनाको संक्रमण देखिएसगै आफ्नो सम्र्पकमा रहेका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई सर्तकता अपनाउन आग्रह गरेको प्रमुख डा. पौडेलले बताए । त्यसमा पनि दुई जना चिकित्सकलाई सेल्फ आइसोलेसनमा बस्न सुझाव दिएको डा. पौडेलले बताए ।
अस्पतालका प्रमुख डा. पौडेल लगायत कार्यालय सहयोगीलाई कोरोनाको संक्रमण देखिए सगै अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरुको स्याब परीक्षणको तयारी भईरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीप अधिकारीले बताए । अध्यक्ष अधिकारी जतिसक्दो छिटो स्याब संकलन कार्य अगाडि बढाईने बताउँछन् ।
यसैबीच तनहुँमा कोरोना भाईरसको संक्रमण बढ्दै गईरहेको छ । कोरोनाको संक्रमण बढ्दै जाने क्रममा आइतबार तनहुँका विभिन्न पालिकाकामा कोरोना भाईरसको सङ्क्रमण देखिएको छ ।


गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार व्यास नगरपालिकाका ९, २, ११ र ५ नम्बर वडाका ९ जनामा कोरोनाको संक्रमण देखिएको छ । वडा नम्बर १ मा १ जना ३८ बर्षको पुरुष, वडा नम्बर ९ मा ३५ र ३६ बर्षका २ पुरुष र ६५ बर्षको एक महिला गरी ३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
त्यस्तै वडा नं २ नम्बरमा ३४ र ३६ बर्षको २ जना पुरुष, वडा नम्बर ११ मा १ जना ३८ बर्षको महिला, वडा नम्बर ५ मा ३८ वर्षको पुरुषमा र ६७ बर्षको महिलामा गरी २ जनालाई कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै आँबुखैरेनीमा वडा नम्बर ६ को २४ वर्षिय एक जना पुरुष, बन्दीपुरको ४ र १ नम्बर वडामा ५७ र ४५ वर्षिय पुरुष गरी दुई र देवघाट ५ मा ३५ वर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।


यसैगरी जिपी कोइराला राष्ट्रिय श्वासप्र्रश्वास केन्द्रमा ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । श्वासप्रश्वास केन्द्रले दिएको जानकारी अनुसार अस्पतालका चिकित्सक, अनमी, सुरक्षा गार्ड, लेखा र प्रशासनका कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ । यस अघि ल्याबमा कार्यरत एक जनामा कोरोनाको संक्रमण देखिए पछि अस्पताल बन्द गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s