
दमौली, १९ असोज ।डा.गोविन्द के.सी.को जीवन रक्षाको माग गर्दै आज दमौलीको अनसन चोकमा हस्ताक्षर संकलन अभियान आयोजना गरिने भएको छ ।
स्कुल अफ डेमोक्रेसी नेपालको आयोजनामा हस्ताक्षर संकलन अभियान आयोजना गरिएको हो । स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारीले हस्ताक्षर संकलन अभियान ३ बजे आयोजना गरिने भएको छ । हस्ताक्षर अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी सर्वसाधारणलाई अपिल गरिएको अध्यक्ष अधिकारीले बताए ।