दमौली अस्पतालका प्रमुख पौडेल र कार्यालय सहयोगीलाई कोरोना संक्रमण

दमौली , १८ असोज
तनहुँको सदरमुकाम दमौली स्थित जिल्ला अस्पतालमा कार्यरत दुई जनालाई कोरोना संक्रमण भएको छ ।


कोरोना संक्रमण हुनेमा दमौली अस्प्तालका प्रमुख डा. सुनिल पौडेल र कार्यालय सहयोगी रहेका छन् । केही दिन अगाडि राजधानीबाट फर्किएका डा . पौडेलको शनिबार मात्र स्याब परीक्षण गरिएको थियो । आफूले सर्तकता अपनाउँदा अपनाउँदै पनि संक्रमण भएको डा. पौडेलले बताए । कोरोना संक्रमण देखिएका डा. पौडेल क्वाटरमा आइसोलेसनमा बसेका छन् ।


त्यस्तै डा. पौडेल सगै अस्पतालमा कार्यरत एक कार्यालय सहयोगीलाई समेत कोरोनाको संक्रमण देखिएको छ । ति कार्यालय सहयोगी आइसोलेसनमा अस्पतालका तर्फबाट खटिएका थिए ।


कोरोनाको संक्रमण देखिएसगै डा. पौडेलले आफ्नो सम्र्पकमा रहेका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई सर्तकता अपनाउन आग्रह गरेको प्रमुख डा. पौडेलले बताए । त्यसमा पनि दुई जना चिकित्सकलाई सेल्फ आइसोलेसनमा बस्न सुझाव दिएको समेत डा. पौडेलले बताए ।


अस्पतालका प्रमुख डा. पौडेल लगायत कार्यालय सहयोगीलाई कोरोनाको संक्रमण देखिए सगै अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरुको स्याब परीक्षणको तयारी भईरहेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीप अधिकारीले बताए । अध्यक्ष अधिकारी जतिसक्दो छिटो स्याब संकलन कार्य अगाडि बढाईने बताउँछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s