
सेतीमादी संवाददाता
दमौली, १८ असोज । तनहुँमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण व्यापक बन्दै गएको छ । तनहुँका विभिन्न पालिकाका गरी १४ जनामा कोरोना भाईरसको सङ्क्रमण भएको गण्डकी स्वास्थ्य निर्देशानालयले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको कोभिड १९ को परिक्षणमा उनिहरुलाई पोजेटिभ भएको पाईएको हो । व्यास नगरपालिकाका ९, २, ११ र ५ नम्बर वडाका नौ जनाको रिपार्ट पोजेटिभ आएको छ । वडा नम्बर १ मा १ जना ३८ वर्षको पुरुष, वडा नम्बर ९ मा ३५ र ३६ वर्षका दुई पुरुष र ६५ वर्षको एक महिला गरी तीन जनाको पोजेटिभ आएको छ ।
त्यस्तै २ नम्बरमा ३४ र ३६ वर्षको दुई जना पुरुष, वडा नम्बर ११ मा १ जना ३८ वर्षको महिला , वडा नम्बर ५ मा ३८ वर्षको पुरुष र ६७ वर्षको महिला गरी दुई जनालाई कोरोनाको संक्रमण भएको गण्डकी स्वास्थ्य निर्देशानालयले जनाएको छ । यस्तै आँबुखैरेनीमा वडा नम्बर ६ को २४ वर्षिय एक जना पुरुष , बन्दीपुरको ४ र १ नम्बर वडामा ५७ र ४५ वर्षिय पुरुष गरी दुई र देवघाट ५ मा ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।