केन्द्र फुस्रेटारमा नै राख्न सर्वोच्चको अन्तरिम आदेश आदेश पालन नगरे कैद र जरिबाना हुने

दमौली ,१८ असोज ।
भानु नगरपालिकाको केन्द्र तत्कालका लागि फुस्रेटारमा नै राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
भानु नगरपालिकाको केन्द्रको विषयलाई लिएर परेको मुद्धाका विषयमा सर्वोच्च अदालतले सो अन्तरिम आदेश जारी गरेको हो । नगरपालिकाको केन्द्र फुस्रेटारमा नै राख्नुपर्ने भनि दायर गरिएको मुद्धामा संर्घष समिति र केही जनप्रतिनिधीको तर्फबाट वरिष्ठ अधिवक्ताद्धय यदुनाथ खनाल र बाबुराम कुँवर तथा अधिवक्ताहरु सुदीप पण्डित, दिपेन्द्र अधिकारी र मनिषा वस्नेतले वहस गरेका थिए । वरिष्ठ अधिवक्ता खनाल सर्वोच्च अदालतको अन्तरिम आदेश जारी भएसगै केन्द्र फुस्रेटारबाटै सञ्चालन हुनुपर्ने अन्यथा न्याय प्रशासनको २०७३ को दफा १७ बमोजिम अपहेलना ठहरिने र कार्वाही समेत हुनेछ । अधिवक्ता खनालका अनुसार अपहेलना गरेको ठहर भएमा १ बर्ष सम्म कैद, १० हजारसम्म जरिवाना र दुबै सजाय सम्म हुन सक्ने प्रावधान रहेको छ ।
वरिष्ठ अधिवक्ता खनालका अनुसार सर्वोच्च अदालतले केन्द्र स्थान्तरणको विषयलाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सरकारका मन्त्री, संघीय सरकारका सम्बन्धित निकायलाई समेत असोज २९ गते अदालतमा हाजिर हुन बोलाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s