भोर्लेटार ,१७ असोज ।
मध्यनेपाल नगरपालिकाको वडा नं ९ को वडा भवन निर्माण कार्य अगाडि बढेको छ ।

यसैबीच सो भवनको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेश पाण्डेले शिलान्यास गरेका छन् । भवन शिलान्यास समारोहमा बोेल्दै नगरप्रमुख पाण्डेले वडा भवन निर्माण कार्य सम्पन्न भएसगै वडाबासीलाई निकै सुविधा पुग्ने बताएका थिए ।
मध्य नेपाल नगरपालिकाले दिएको जानकारी अनुसार वडा नं ९ को वडा भवन निर्माणका लागि ७५ लाख बजेट छुट्याईएको छ ।
मध्यनेपालका बाढी पीडितलाई ७० हजार सहयोग प्राप्त
मध्यनेपाल नगरपालिकाका बाढी पीडितलाई लमजुङ समाज पोर्चुगलले सहयोग गरेको छ ।
बाढी पीडितका लागि सहयोग रकम समाजका लोकेन्द्र गुरुङको सक्रियतामा संकलन गरिएको थियो ।यसैबीच मध्यनेपालका बाढी पीडितलाई सहयोग प्रदान गर्ने लमजुङ समाज पोर्चुगललाई मध्यनेपाल नगर प्रमुख रमेश पाण्डेले धन्यवाद ज्ञापन गरेका छन् ।