साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

अमरराज नहर्की
तनहुँ, असोज १६ गते । जिल्ला समन्वय समितिले बन्दीपुर गाउँपालिका ६ सराङघाटमा सञ्चालित नमूना ग्रिड एण्ड क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ । अवैध रुपमा सञ्चालन भएको भन्दै समितिले बन्द गर्न निर्देशन दिएको हो ।

नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारबाट जारी गरिएको ढुङ्गा, गिटी, बालुवा उत्खनन्, सङ्कलन, क्रसिङ तथा बेचविखनको लागि बनाईएको मापदण्ड विपरित रहेकोले बन्द गर्ने निर्देशन दिईएको समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । ‘ वातावरणीय अध्ययन प्रतिवेदन स्विकृत नगरी उद्योग सञ्चालन गरिएकोले बन्द गर्न निर्देशन दिएका छौं’ ।’ वाग्लेले भने ।


यस्तै व्यास नगरपालिकाको क्षेत्रभित्रका मादी नदीका विभिन्न ठाउँबाट ठेक्कापट्टा नहुँदै ढुंगा, गिटी, बालुवा उत्खनन्, सङ्कलन तथा ओसारपसार भएकोले रोक लगाउने निर्णय समितिले गरेको समितिले जनाएको छ । आवश्यक प्रक्रिया पुरा गरेर मात्र उत्खननन् गर्न अनुमति दिन व्यास नगरपालिकामा लेखि पठाउने निर्णय भएको गरेको वाग्ले बताए । यस्तै मादी नदी नियन्त्रणका लागि जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयलाई व्यास नगरपालिकाको सिफारिस पाएपछि काम अघि बढाउन दिने निर्णय पनि गरिएको उनले जानकारी दिए ।

आफ्ना पालिका अन्तर्गत रहेका क्रसर उद्योगलाई दर्ता, नविकरण, प्रबन्धपत्र, नियमावली, सञ्चालन अनुमतिपत्र, घरेलु कार्यालयमा दर्ता गरेको प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्रमाणपत्र तथा वातावरणीय अध्ययन प्रतिवेदन स्विकृत गरेर मात्रै सञ्चालनको लागि अनुमति दिन समितिले स्थानीय तहलाई पत्रचार गर्ने निर्णय पनि वैठकले गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s