मादी नदी उपत्यका एकीकृत विकास परियोजनाको काम अघि बढ्यो

दमौली ,१६ असोज ।
‘व्यास मादी नदी उपत्यका एकीकृत विकास परियोजना’ को काम अघि बढाएको छ । व्यास नगरपालिकाले पर्यटन प्रवद्धन गर्ने उदेश्यले परियोजनाको काम अघि बढाएको हो ।
वडा नं ३,४,५,६,७ र १० अन्र्तगत पर्ने १८ किलोमिटर दुरीको गुरुयोजना निर्माण गर्न र दमौली र चापाघाट जोड्ने पुल नजिक वडा नं ३ र ५ मा रहेको भागमा ताल निर्माण गर्ने गरी उक्त परियोजनाको प्रकृया अघि बढिरहेको छ । उक्त गुरुयोजनाको प्रतिस्पर्धामा १३ फर्म रहेकोमा “ईकोकोड नेपाल तथा प्यारागन जे.भी” छनोट भई बिहीबार नगपालिकामा सम्झौता गरिएको छ ।


नगर प्रमुख वैकुण्ठ न्यौपाने र ईकोकोडका प्रतिनिधि प्रवेश अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नदीले ओगटेको भू–भाग क्षेत्रको आसपासमा सम्भावित वस्ती विकास, विभिन्न उत्पादनमुखी परियोजना सञ्चालन तथा नदि क्षेत्रको संरक्षण गर्ने आदिका बारेमा नगरपालिकाले प्रारम्भिक चरणमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने लागेको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s