एक वर्ष भित्रै बन्दीपुरमा केबलकारको निर्माण पुरा हुने

अमरराज नहर्की
दमौली ,१५ असोज ।
बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबुलकारलाई एक वर्षभित्र सञ्चालनमा आउने गरी काममा तीव्रता दिइएको छ ।
दैनिक एक सय जना कामदार खटाएर आगामी असोज सम्ममा पुरा गर्ने गरी काम भईरहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केवलकारको ५१ प्रतिशत काम पुरा भएको अध्यक्ष शर्मा बताउँछन् ।


बन्दीपुर केबुलकार परियोजना अन्तर्गत हाल केबुलकारको तल्लो स्टेसनको भवन निर्माण र माथिल्लो स्टेसनको फाउन्डेसनको काम चलिरहेको छ । परियोजनाको माथिल्लो स्टेशनमा चारतारे होटल सहितको ‘क्विन टावर’ को पनि भुइँतल्लाको ढलान शुरु गरिएको छ । केबुलकारको टावरका सबै काम सकिएको र बाक्सा जडान गर्न बाँकी रहेको लिमिटेडले जनाएको छ । बन्दीपुर गाउँपालिका –४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बन्दीपुरमा माथिल्लो स्टेसन निर्माण भइरहेको छ । सो लिमिटेड, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिका र स्थानीय वासिन्दाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत एक अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।


केबुलकारको माथिल्लो स्टेशनमा दश तल्लाको होटल सहितको भवन निर्माण गरिँदैछ । ८२ करोड लागतमा निर्माण हुने यो भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले बताए ।
केबुलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्रा.लि., मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङगल्यान्ड रहेको छ । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने बन्दीपुर केबलकार प्रालिका सस्थापक अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए । कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकार बाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एसियाकै ठूलो दाबी गरिएको विमलनगर स्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ ।


निर्माणाधीन केबुलकारको लागत मूल्य बढ्ने भएको छ । कोभिड–१९ को सङ्क्रमणले समयमा काम गर्न नसक्नु तथा खरीद गर्ने समानको मूल्य बढेकाले लागत मूल्य बढ्न पुगेको जनाईएको छ । करीव ७ करोड रुपियाँ लागत बढ्ने लिमिटेडका अध्यक्ष शर्मा बताउँछन् । केवलकारबाट थप रमणीय स्थानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको थप आकर्षण बढ्ने भएको अपेक्षा लिईएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।


केवलकारको लागि बन्दीपुर गाउँपालिकाले ५० लाख रुपैयाँ लगानी गरेको छ । बन्दीपुर क्याम्पसका सहायक प्रमुख गोर्वधन भट्टराई बन्दीपुर धर्मिक महत्व रहेका खड्गमाई, बिन्धवासिनी, थानीमाई लगायतका मन्दिरहरु पनि भएकोले केवलकार सञ्चालनमा ल्याउनु उपयुक्त भएको बताउँछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s