सिकाई सहजीकरणको लागि विद्यार्थीलाई सन्र्दभ सामग्री सहयोग

अमरराज नहर्की
दमौली ,१४ असोज ।
स्वअध्ययनमा मद्धत पु¥याउन जिल्लाका प्राथमिक तहका ३ कक्षा सम्मका विद्यार्थीलाई सिकाई सहजीकरण तथा सन्दर्भ सामग्री प्रदान गर्न थालिएको छ । सामग्रीको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले प्रदान गरेको हो ।


उक्त कक्षा सम्मका सबै विद्यार्थीलाई प्राप्त गर्ने गरि वितरण भईरहेको इकाईले जनाएको छ । तनहुँका ६ वटा गाउँपालिका र ४ वटा नगरपालिका गरी १० वटै स्थानीय तहमा रहेको ४४७ वटै सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई प्रदान गरिने राष्ट्रिय पारम्भिक कक्षा पढाई कार्यक्रमका संयोजक केशव सिग्देलले बताए । व्यास नगपालिका, देवघाट र बन्दीपुर गाउँपालिका गरी तीन वटा पालिकामा वितरण भईसकेको सिग्देलले बताए । पाठ्यक्रम विकास केन्द्रले निमार्ण गरेको पाठ्यक्रम अनुरुपका साना बालबालिकाले पनि स्वध्ययन गर्न मद्धत पुग्ने खालका सामग्री प्रदान गरेका छौं संयोजक सिग्देलले भने कोभिड–१९को सङक्रमण समय भएकोले घरमै बसेर पढ्न उपयोगी भएको छ ।


कथा, कविता, चित्र तथा अभ्यास पुस्तिकाको माध्यमबाट सिकाईमा सहजीकरण हुने इकाईले जनाएको छ । अमेरिकी विकास नियोग (युएसएआईडी) सहयोगमा राष्ट्रिय पारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत सिकाई सामग्री प्राप्त भएको इकाईका शाखा अधिकृत भरत बरालले जानकारी दिए । जनप्रतिनिधी पालिकाका शिक्षा शाखाका प्रमुख सँग पनि छलफल गरी वितरण कार्यलाई सहज बनाईएको इकाइले जनाएको छ । इकाईका अनुसार अमेरिकी सहयोग नियोगको आर्थिक तथा प्राविधिक सहयोगमा यो कार्यक्रम ३८ जिल्लामा लागू गरिएको छ । तनहुँमा गत वर्ष देखि नै यो कार्यक्रमा लागू भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s