सन्तोष लामाको आवजमा सागर उदासको ‘जम्काभेट’ बजारमा

दमौली ,१३ असोज ।
गीतकार सागर उदासको शब्दमा रहेको ‘जम्काभेट’ बोलको गीतको भिडियो आइतबारबाट बजारमा आएको छ । गीत हाइलाईस् नेपाल युटुब च्यानलबाट बजारमा आएको हो । हरि लम्सालद्धारा संगीतवद्ध उक्त गीतमा नेपाली तारा सन्तोष लामाको आवाज रहेको छ ।


पहाडकी रानी बन्दिपुर लगायत विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा आरभी सुनाम र सिम्रन श्रेष्ठको अभिनय रहेको छ । हाल अष्ट्रेलिया निवासी सुमन क्षत्रीको लगानीमा निर्माण भएको उक्त भिडियोको कोरियोग्राफी बबिता थापाको रहेको छ । हाई फाइभ मल्डिमिडिया दमौलीमा पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायांकन र सम्पादन रमेश शर्माले गरेका छन् । पछिल्लो समय मोडलिङ्गमा सक्रिय मोडल सुदिप पौडेलले भिडियोको निर्देशन गरेका छन् ।
यस अघि मोडल पौडेलले गीतकार अमरराज नहर्कीको शब्दमा गायक नवराज थापाको स्वर रहेको ‘लाखौं तारा आकाशैमा’ बोलको गीतमा पनि निर्देशन गरेका थिए । भिडियोमा रोशन शर्माले एसोसियट निर्देशक रुपमा काम गरेका छन् भिडियोले सबैको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s