न्यायिक समिति प्रति सर्वसाधरणको विश्वास बढ्दै

अमरराज नहर्की
दमौली ,१३ असोज ।
व्यास नगरपालिकामा न्यायिक समितिमा सर्वसाधरणको विश्वास बढ्दै गएको छ ।
सम्झाई बुझाई झगडा गर्नु हुँदैन आफ्नै मान्छे काम लाग्छ भनेर मिलापत्र गर्ने गरिएकोले समितिले जनाएको छ । आग्रह पूर्वाग्राह नराखी न्याय सम्पादन गरिकोले सर्वसाधरणको विश्वास बढेको तथ्यांकबाट देखिएको छ । समितिले गरेको न्याय सम्पादनमा चिक्त नबुझेर एक मात्र उजुरी अदालतमा गएको छ ।
समितिमा सर्वाधिक उजुरी बाटो विवाद सम्बन्धी परेका छन् । बाटो विवाद पछि धेरै उजुरी माना चामल सम्बन्धी रहेका छन् । गत आर्थिक वर्षमा परेका २३ उजुरी मध्ये ६ वटा बाटो विवाद सम्बन्धी छन् भने माना चामल सम्बन्धी ५ वटा परेका छन् ।


सामुदायिक, सरकारी तथा सार्वजानिक जग्गामा व्याक्तिगत प्रयोजनको लागि बाटो अतिक्रमणमा गरिएकोलाई रोकी संरक्षण गरी बाटो निकास गरिएको न्यायिक समितिको संयोजक तथा उपप्रमुख मिरा जोशीले जानकारी दिइन् । स्थानीयसँग छलफल गरी, स्थलगत अनुगमन गरी अधिकांश त्यस्ता उजुरी फछ्र्यौट गरिएको उनले बताईन् । एक जनाको हकको जग्गा अरुबाट आवाद वा भोगचलन गरेको, मिचेको, स्वामित्वको विवाद मेलमिलापबाट निरुपण गरिएको संयोजक जोशीले बताइन् ।


विवाद निरुपण गर्न नसकेमा जिल्ला अदालतमा पठाउन सकिने कानुनी व्यवस्था भएपनि पक्ष, विपक्ष, सधिंयार र वडा प्रतिनिधी र नगपालिकाका प्राविधिक सहित फिल्ड डोर खटाई अधिकांश मिलापत्र गरिएको जोशी बताउँछिन् । श्रीमान् श्रीमतीबीच झगडा भई मानाचामलको लागि परेको उजुरीमा पनि पक्ष र विपक्ष बोलाई मेलमिलापद्धारा समस्या समाधान गरिएको समितिले जनाएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा जिम्मेवारी सरी आएका ११ मुद्धा मध्ये ७ फछ्र्यौट गरी ४ वटा बाँकी रहेको प्रशासकीय अधिकृत रामचन्द्र हड्खलेले बताए । हड्खलेका अनुसार ०७६÷०७७ मा दर्ता भएका २३ मध्ये १४ वटा फछ्र्यौट भई ९ वटा बाँकी रहेका छन् । आर्थिक वर्ष ०७७÷०७८ मा जिम्मेवारी सरी आएका मुद्धा संख्या १३ रहेको छ ।


ठेकदारले ज्याला नदिएका जस्ता उजुरीलाई पनि मिलापत्र गराई ज्याला दिलाईएको संयोजक जोशीले बताइन । ‘मजदुरले ज्याला नपाएको बेला मिलापत्र गराएर ज्याला दिलाउँदा न्यायिक सम्पादनमा सबैभन्दा खुसी लागेको क्षण भयो’ संयोजक जोशीले भनिन् । छतको पानी सडकमा फाल्दा सडक पनि विग्रिने, आवत जावतमा असहज र आवाजले समेत असर पु¥याउने हुँदा त्यसमा पनि न्यायिक समितिले चासो राख्न थालेको संयोजक जोशीले बताईन् ।


उजुरी निरुपणलाई सहज बनाउन नगरपालिकाले छुट्टै न्यायिक सम्पादन कक्ष स्थापना गरेको छ । संयोजक जोशी सहित न्ययिक सम्पादनका सदस्यहरु कृष्णदेवि खनाल र लक्ष्मी परियार गरी तीन सदस्य रहेको छ । कानुनी कठिनाई आएमा सहजीकरणको लागि अधिवक्ता यज्ञ रानालाई कानुनी सल्लाहकार राखिएको समितिले जनाएको छ । ढिलो न्याय दिनु भनेको पनि न्याय नदिए सरह हुने भएकोले एक हप्ता देखि एक महिना भित्र नै न्याय दिने गरिएको संयोजक जोशी बताउँछिन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s