डा. के.सी. को माग सम्बोधन गर

विगत ९ बर्ष देखि चिकित्सा क्षेत्रको सुधारको माग गर्र्दै डा. गोविन्द के.सी. को आन्दोलन १९ औं चरणमा प्रवेश गरेको छ । यो अवधि सम्म आइपुग्दा आन्दोलनरत के.सी. र सरकारबीच पटक सहमति समेत भएका थियो । तर कार्यान्वयन नहुँदा सहमति औचित्यहीन बन्न पुगेको अवस्था छ । खासगरी अनसनरत के.सी. ले विश्वविद्यालय, विश्वविद्यालय मातहतका निकाय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल काउन्सिलमा निष्पक्ष र पारदर्शी ढंगले मापदण्ड अपनाएर पदाधिकारी नियुक्ती गर्नुपर्ने माग राख्दै आईरहेका छन् । यि मागका अलावा डा. के.सी. ले अन्य माग समेत राख्दै आईरहेका छन् । डा. के.सी.ले जतिपनि माग राख्दै आईरहेका छन् । समग्र रुपमा भन्नुपर्दा डा.के.सी.ले जतिपनि माग उठाउँदै आईरहेका छन् । आम सर्वसाधारणको पक्षमा देखिन्छन् । यद्यपी डा.के.सी. माथि अनशन पिच्छै फरक—फरक माग राख्दै आईरहेको आरोप समेत लाग्ने गरेको छ । डा. के.सी.को विरुद्धमा जे जस्तो आरोप लगाईएको छ । ति आरोपमा कुनै तुक छैन । तसर्थ डा. के.सी.को माग पुरा गर्ने र कार्यान्वय सम्बन्धमा सरकारले विशेष ध्यान पुर्याउनु जरुरी देखिन्छ ।

यसैबीच अनसनरत डा. के.सी.को स्वास्थ्य अवस्था निकै सम्वेदनशील बन्दै गईरहेको छ । कुनै पनि जे पनि हुन सक्ने अवस्था रहेको छ । त्यसैले डा. के.सी.को स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनको माग पुरा गर्ने विषयमा सरकारले बेलैमा ध्यान दिनुपर्दछ । अन्यथा पछि पछुताउनु सिवाय अरु केही हुने छैन । तर सरकार जति सम्वेदनशील हुनु पर्ने हो । त्यो भएको भने देखिदैन ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s