महाधिवेशन पछाडि धकेलिने संकेत

काग्रेसमा यतिबेला १४ औं महाधिवेशनमा रस्साकस्सी सुरु भएको छ । टोल देखि केन्द्र तह सम्मका नेता तथा कार्यकर्ताहरु क्रियाशिल सदस्य नविकरण देखि वितरणको अभियानमा जुटेका छन् । यसरी क्रियाशिल सदस्यता नविनकरण देखि वितरण कार्य हुँदै गर्दा वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको नेतृत्वमा को–को पुग्ला भनेर यतिखेर निकै वहस हुन थालेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा यस किसिमको वहस सिर्जना हुनु स्वभाविक विषय पनि हो । किनकि विगतमा पनि यस किसिमका वहसहरु हुने गर्दथे । यद्यपी काग्रेस भित्र १४ औं महाधिवेशनको वहस सुर हुँदै गर्दा निर्धारित मिति फागुनमा १४ औं महाधिवेशन हुनेमा शंका व्यक्त गर्न थालिएको छ । खासगरी कोभिड–१९ का कारण पार्टीका काम कार्वाही जुन हिसाबले हुनुपर्ने सो अनुरुप नभएको र बढी भीडभाड गर्न नमिल्ने अवस्था रहेकाले महाधिवेशन पछाडि धकेलिने सम्भावना बढ्दै गएको हो ।

नेपाली काग्रेसको विधानतः फागुनमा नै पार्टीको महाधिवेशन गर्नुपर्दछ । तर फागुनमा महाधिवेशन गर्न नसकेको अवस्थामा संवैधानिक व्यवस्था अनुसार थप महिना ६ महिना थप्ने सकिने अवस्था छ । एकातिर काग्रेस महाधिवेशनको तयारीमा जुटिरहेको छ भने अर्कोतर्फ पछिल्ला नियुक्तीहरुको विषयलाई पार्टी आन्तरिक विवादमा फसिररहेको छ । यहाँसम्मकि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले विरोध दर्ता गर्ने तयारी गरिरहेका छन् । जसले गर्दा काग्र्रेस पार्टीमा एक किसिमको अन्यौलता सिर्जना हुन पुगेको छ । संक्रमणका कारण अन्यौलता सिर्जना भईरहेका बेला अनावश्यक विवाद त्यति सान्र्दभिक देखिदैन । तसर्थ काग्रेसका नेताहरु पार्टी भित्रका विवादलाई समाधान गरी महाधिवेशन तिर जुट्नु उचित देखिन्छ ।


सेतीमादी सम्पादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s