भूईमै सुत्छन् तनहुँ कारागारका कैदीबन्दी

अमरराज नहर्की
दमौली ,१२ असोज ।


तनहुँ कारागारको नव निर्मित भवनमा बस्ने कैदीबन्दी भूईमा सुत्न बाध्य छन् । खाटको व्यवस्था नहुँदा उनीहरु म्याट ओच्छाएर सुतिरहेका छन् ।
खाटको लागि बजेट नहुँदा भूईमा सुताउनु परेको कारागारले जनाएको छ । ‘रकमको व्यवस्था नभएकोले बनाईदिने अवस्था छैन खाटमा कहिले सुत्न पाईन्छ ? भनेर प्रश्न गरिरहन्छन् ।’ कारागारका निमिक्त जेलर नारायणप्रसाद अधिकारीले भने । सुत्नको लागि गर्मी महिनामा म्याट ओच्छाएर काम चलाईएको भएपनि अब जाडो महिना शुरु हुन लागेको चिसोले विरामीमा परिने डर भएको चौकीदार तेजकुमार श्रेष्ठ बताउँछन् । श्रेष्ठले काठ सहयोग पाए कारागार भित्रै रहेक कैदी बन्दीले खाट निर्माण गर्ने बताउँछन् ।


महिला बन्दीगृहमा पुरुष कैदीबन्दी
यसैबीच कारागारमा निमार्ण गरिएको महिला बन्दीगृहमा पुरुष कैदीबन्दी राखिएको छ । कैदीबन्दीको सङख्या उच्च हुँदा व्यवस्थापन गर्न कठिन भएपछि नव निर्मित महिला बन्दी गृहमा पुरुष राखिएको कारागार प्रशासनले जनाएको छ । महिला कैदी तथा बन्दीलाई पोखरा लगायत अन्यत्र लानु पर्ने बाध्यताको अन्त्य गर्न तनहुँ कारागार परिसर भित्र महिला बन्दीगृह निमार्ण गरिएको थियो ।


२५ जना क्षमताको कारागारमा धेरै बढि कैदीबन्दी भएकाले महिला बन्दीगृहमा महिला नराखी पुरुष राख्न शुरु गरिएको छ । महिलाहरु वर्षमा १० देखि १२ जनालाई मात्रै कारागार चलान गरिन्छ कारागारका निमिक्त जलेर नारायणप्रसाद अधिकारीले भने, महिलाको थोरै संख्या हुने भएकोले पोखरा पठाउने गरिएको छ । कारागार व्यवस्थापन विभागले हाललाई पुरुष राख्नु भन्ने नीतिगत निर्णय गरेकोले महिला बन्दीगृहमा पुरुष राख्न थालिएको उनले बताए । हाल उक्त कारागारमा पुरानो भवनमा १ सय ८ र नयाँ भवनमा ८६ गरी १९४ जना कैदीबन्दी रहेका तनहुँ कारागारले जनाएको छ । कारागार परिसरमा निर्माण गरिएको नवनिर्मित बन्दीगृहमा केही कैदीबन्दीहरुलाई स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ । उक्त भवन निर्माण पश्चात ८० जना कैदीबन्दी राख्न सकिने क्षमताको रहेको छ ।


जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिहरुलाई हाल तनहुँ प्रहरीले धमाधम पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई कारागार पठाउन थालेपछि कैदीबन्दीको उच्च संख्या पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखको रुपमा असार ८ आएका प्रहरी उपरीक्ष (एसपी) अरुण पौडेल आएपछि धमाधमा फरार अभियुक्त पक्राउ पर्न थाले पछि संख्या बढ्न पुगेको छ । एसपी पौडेल आएपछि तीन महिनाको अवधिमा १३५ जना फरार अभियुक्त हरु पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय तनहुँको तथ्याङ्कमा उल्लेख गरिएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा व्यारेक र बन्दीगृह गरी तीन वटा भवन भ्याट बाहेक रु. ६ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s