पार्टी गठन मजबुत बनाउन सबै एक हुनुपर्छ —के.स.भण्डारी

सेतीमादी संवाददाता
दमौली, १२ असोज ।
नेपाली काग्रेसका केन्दीय सदस्य शंकर भण्डारीले पार्टी संगठन मजबुत बनाउन सबै एक हुनपर्ने बताएका छन् ।


सबै एक नहुँदा पार्टी संगठन कमजोर हुँदै गएको र विपक्षीलाई फाइदा पुगेको के.स. भण्डारीको भनाई छ । सो कुरा के.स. भण्डारीले सोमबार पुर्कोट र चोकचिसापानी कार्यकर्ता भेटघाटका क्रममा बताएका हुन् । पार्टी संगठन कमजोर हुँदा गाउँ देखि केन्द्र तहका नेताहरुको राजनीतिक भविष्य कमजोर हुने हुँदा संगठन मजबुत बनाउन सबै सक्रिय रुपमा लाग्नुपर्ने भण्डारीको भनाई थियो । पार्टी प्रतिपक्षमा पुग्यो भनेर विचलित नहुन के.स. भण्डारीले कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यकर्तालाई कुनै समस्या परेमा समाधान गर्ने हामी छौ के.स. भण्डारीले भने । कार्यक्रममा नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, तरुण विभागका सदस्य अम्बिर जोशी लगायतले समेत बोलेका थिए । सोही अवसरमा के.स.भण्डारीले पार्टीका क्रियाशिल सदस्य यामनाथ पाण्डे श्रद्धाञ्जली सभामा समेत सहभागी भएका थिए ।


यसैबीच के.स. भण्डारी अझै केही दिन गृह जिल्लामा रहने कार्यक्रम रहेको छ । गृह जिल्लामा रहँदा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s