हत्या आरोपमा संलग्न गौतम पक्राउ

दमौली ,११ असोज ।
तनहुँ प्रहरीले गोरखाका एक व्यक्तिलाई हत्या तथा लुटपाट गरको आरोपमा पक्राउ गरेको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिका–१ का ४६ वर्षिय शिव गौतमलाई शुक्रबार दिउँसो व्यास नगरपालिका–२ सहिद गेट दमौलीबाट पक्राउ गरिएको हो । गौतमलाई शुक्लागण्डकी नगरपालिका –७ कुम्लेखोलामा बस्ने ६० वर्षिया तेजकुमारी ढकाललाई आफ्नै घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
हात, खुट्टा र घाँटीमा कपडा (सल) ले बाँधी मृत अवस्थामा फेला परेको शरिरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको हत्या गरिएको शंका गरी खोज्ने क्रममा गौतमलाई पक्राउ गरिको घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिए ।
‘खोजतलास गर्दा उक्त घटनामा सङ्लग्न रही तत्काल फरार रहेका गौतमलाई हुलिया परिवर्तन गरी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।’ एसपी पौडेलले भने । पृथ्वीराज मार्गसँगै रहेको घरमा शुक्रबार विहान ७ बजे ति महिलालाई हत्या गरी सुन लिएर गौतम फरार भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s