रातो किताबमा आएको भनिएको रकम छाप नाहाला खानेपानीसंग सम्बन्धित नभएको अध्यक्ष अधिकारीको भनाई

खानेपानीको लागि बजेट ल्याउन पहल गर्ने सहमति

दमौली ,११ असोज ।
रातो किताबमा आएको भनिएको रकम छाप नाहाला खानेपानी संग सम्बन्धित नभएको छाप नाहाला खानेपानीका अध्यक्ष परशुराम अधिकारीले बताएका छन् ।
शनिबार एक विज्ञप्ती जारी गरी अध्यक्ष अधिकारीले सो कुरा बताएका हुन् । अध्यक्ष अधिकारीद्धारा जारी विज्ञप्तीमा छाप नाहाला आयोजना अन्र्तगत रातो किताबमा डुम्रे खानेपानी तथा सरसफाई आयोजना मार्फत आएको भनिएको रकम छाप नाहाला आयोजनासंग सम्बन्धित नभएको उल्लेख गरिएको छ ।


यसअघि अध्यक्ष अधिकारीले सामाजिक सञ्जालमा डुम्रेमा डुम्रे खानोपानी भन्ने कुनै उपभोक्ता समिति नभएको र उक्त खानेपानी उपभोक्ता समितिको अध्यक्ष परशुराम अधिकारी नभएकोमा हुँदै नभएको संस्थाको विषयमा नाम जोडेर गलत प्रचार गर्ने र गराउनेलाई कानुनामा के व्यवस्था छ जानकारी पाउ त साथीहरु भनेर फेसबुक पेजमा पोष्ट गरेका थिए । त्यसैगरी अध्यक्ष अधिकारीले अस्ति माननीय किसान ज्यूले छाप नाहाला खानेपानी डुम्रेमा दिएको भन्नु भएको २ करोडको भ्रामक कुरा वास्तविक प्रमाण सहति पेश गरेका छौं । आर्थिक बर्ष २०७६÷०७७ र २०७७÷०७८ मा छाप नाहाला खानेपानी आयोजनाको नाममा हाल सम्म कतैबाट पनि बजेट प्राप्त नभएकोले भ्रम र झुटको पछाडि नलाग्न सम्पूर्ण उपभोक्ता ज्यूहरुमा उपभोक्ता समिति सविनय हार्दिक अनुरोध गर्दछौं भनेर अध्यक्ष अधिकारीले पोष्ट गरेका थिए ।


यसअघि अध्यक्ष अधिकारीले हिजो माननीय किसान ज्यूले छाप नाहाला खानेपानी डुम्रेमा दिएको भन्नु भएको २ करोड भ्रामक कहाँ कसरी आएको हो सप्रमाण सहित स्पस्ट पाउँ । भ्रम र झुटको खेती नगरौं भनेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
त्यस्तै अध्यक्ष अधिकारीद्धारा जारी विज्ञप्तीमा छाप नाहाला खानेपानी योजना अन्र्तगत भुँडाटार नाहाला क्षेत्रमा ५ सय ५२ घर धुरीलाई लक्षित गरी ४ करोड ९५ लाख रुपैयाँको लागत इस्टिमेट तयार गरी कार्यक्रम अगाडि बढि रहेको उल्लेख गरिएको छ । सो आयोजनाका लागि स्थानीय पूर्वाधार विकास कोष मार्फत ३० लाख रुपैयाँ विनियोजन गरि काम अगाडि बढि रहेको र लागत सहभागिता अन्र्तगत ३३ लाख ५० हजार रुपैयाँ रकम उठाएर करिब ८२ लाख रुपैयाँको काम भई रहेको समेत उल्लेख गरिएको छ ।


यो विषयलाई लिएर खानेपानी उपभोक्ता समिति, स्थानीय जनप्रतिनिधी राजनीतिक दल र उपभोक्ताहरु बीच व्यापक छलफल भएको थियो । छलफल हुने क्रममा विवादलाई अन्त्य गर्न मध्यमार्गी बाटो अपनाउनु उचित ठानेर विज्ञप्ती जारी गरिएको हो । त्यस्तै खानेपानीका लागि बजेट ल्याउने विषयमा सबैले सहमति जनाएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s