रहनेनन काग्रेसका पुराना नेता रेग्मी

दमौली , ११ असोज । नेपाली काग्रेसका पुराना नेता गौरव रेग्मीको निधन भएको छ ।

रेग्मीको आइतबार बिहान ७७ बर्षको उमेरमा निधन भएको हो । रेग्मी नेपाल किसाना संघ तनहुँका कार्यवाहक सभापति , नेपाली काग्रेस तनहुँका पूर्व सदस्य , गरीबसंग विश्वेश्वर तनहुँको संयोजक र पूर्व जनप्रतिनिधी समेत रहेका थिए । त्यस्तै स्वर्गीय रेग्मीले विभिन्न सामाजिक संघ संस्थामा रहेर समाज सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

स्वर्गीय रेग्मीको पाटन स्थित घाटमा आइतबार नै दाहसंस्कार गरिएको छ । स्वर्गीय रेग्मी प्रति नेपाली काग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले , पूर्व केन्द्रीय सदस्य अमरराज कैनी, नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने , कार्यवाहक सभापति जितप्रकाश आले लगायत नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए । स्वर्गीय रेग्मी प्रति श्रद्धाञ्जली व्यक्त गर्न उल्लेख्य संख्यामा काग्रेसका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरु उपस्थित भएका थिए । स्वर्गीय रेग्मीका ,श्रीमती ,५ छोरा र ३ छोरी रहेका छन् । यसैबीच स्वर्गीय रेग्मीको निधन प्रति नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s