पार्टी बलियो बनाउन संगठित र क्रियाशिल हुन जरुरी –केन्द्रीय सदस्य भण्डारी

प्रकाश अधिकारी
चितवन, ११ असोज ।


नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीलाई बलियो बनाउन केन्द्र देखि वडा तहसम्मका नेता तथा कार्यकता संगठित र क्रियाशिल हुनु जरुरी रहेको बताएका छन् ।

उक्त कुरा भण्डारीले आइतबार नेपाली काँग्रेसका तरुण नेता चितवन निवासी हिक्मत पाख्रिनको ४९ औं दिनको पुण्यतिथीको दिन आयोजित श्रद्धाञ्जली सभामा बताएका हुन् । ‘पार्टी भित्र असहज भएको केन्द्र देखि गाउँ सम्म देखिन्छ यसलाई छिचोल्न जरुरी छ ।’ भण्डारीले भने । विभेद, असहज, असमास्यता जस्तो देखिएको उल्लेख गर्दै भण्डारीले आन्तरिक गतिविधीका सन्दर्भ व्यापक छलफल र बहस आवश्यक रहेको बताए ।


विपीको नेतृत्वमा गर्दा देखि सम्पन्नता पुरा गर्ने सपना पुरा गर्न बाँकी रहेकोले केन्द्रीय नेताको कार्यशैली भूमिका खेल्ने हुँदा गंभिर हुनु पर्ने बताए । स्वर्गिय हिक्मत पाख्रिन जस्ता व्यक्तिको आज पनि पार्टीलाई खाँचो रहेको भण्डारीले बताए । कालिका नगरपालिकालाई आधुनिक र विकशिल बनाउने सपना पाख्रिनले बोकेको भण्डारीले बताए । ‘पाख्रिन प्रति सञ्चा सम्मान भनेको उहाँलाई सदा सर्वदा स्मरण गर्नु त हुनु नै हो बोकेका सपना, अटोटलाई पुरा गर्नु जिम्मेवारी काँग्रेसको हुन्छ ।’ भण्डारीले भने । निर्वाचनको सन्र्दभमा किन नहोस् विकासको सन्दर्भमा पाख्रिनलाई सम्झिएर काम गर्नु पर्ने उनले बताए ।


स्वर्गिय पाख्रिन नेपाल तरुणदल कालिला नगर समितिका अध्यक्ष रहेका थिए । कार्यक्रम अघि चितवनका तरुण युवाहरुको बाक्लो उपस्थितमा मोटरसाईल ¥याली गरिएको थियो । कार्यक्रम नेपाली कांग्रेस कालिका नगर कार्यसमितिका सभापति राजु श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति जितनारायण श्रेष्ठ, पूर्व सभापति रामकृष्ण घिमिरे, टेकबहादुर गुरुङ, सचिव महेन्द्र पाण्डे लगायतले स्वर्गीय पाख्रिनको योगदानको चर्चा गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s