आदिकविमा कक्षा ११ विज्ञान बिषयको प्रवेश परीक्षा सम्पन्न

दमौली ,११ असोज ।
आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ विज्ञान बिषयको प्रवेश परीक्षा सम्पन्न भएको छ ।
शनिबार विहान लिइएको सो परीक्षामा ५४ जना विद्यार्थीहरु सामेल भएका थिए । सामेल भएका विद्यार्थीहरु मध्ये ४४ जना उत्र्तीण भएका छन । क्याम्पसले प्रवेश परीक्षाको नतिजा परीक्षा भएको १५ मोनेटमा नै सार्वजनिक गरेकोे थियो। उक्त प्रवेश परीक्षामा प्रथम हुने विमल चँदारालाई क्याम्पसको नियमानुसार २ महिनाको मासिक शुल्कमा छुट गर्ने क्याम्पसले जनाएको छ ।


परीक्षा लगत्तै क्याम्पस समिक्षा हलमा आयोजित संक्षिप्त अभिमुखिकरण कार्यक्रममा परिक्षाका सहभागी विद्यार्थी र अभिभावकहरु लाई क्याम्पस प्रमुख महाप्रसाद हडखलेले क्याम्पसको भौतिक शैक्षिक र प्रशासनिक बिषयमा जानकारी गराएका थिए । उक्त अवसरमा सहायक क्याम्पस प्रमुख आत्मराम बास्तोलाले उपस्थित सबैलाई स्वागत गरेका थियो भने कक्षा ११ र १२ का संयोजक चिरञ्जीवी बस्नेतले कार्यक्रमको सञ्चालन गरेका थिए ।


क्याम्पसले कक्षा ११ र १२ को विज्ञान बिषयको पठन पाठन भौतिक दुरी कायम गर्दै स्वास्थ मापदण्ड पालना गरि आगामी असोज १५ गते बाट शुरु गर्ने जनाएको छ । प्रवेश परिक्षामा सहभागी हुन छुट भएका विद्यार्थीहरुका अभिभावकहरुको अनुरोधमा ११ को बिज्ञान बिषयको दाश्रो प्रवेश परीक्षा यहि असोज १६ गते शुक्रवार बिहान ८ बजे क्याम्पसमा सञ्चालन गर्ने भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s