सेतीमादी संवाददाता
दमौली, १० असोज ।
युथ काँग्रेस तनहुँले डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै शनिबार दमौलीमा पर्दशन गरेको छ ।
डा. केसीको माग पुरा गर , जीवनको पनि रक्षा गर, ………., लगायतका नारा रहेका प्लेकार्डलाई बोकेर पर्दशन गरिएको हो । युथ काँग्रेस नेपाल तनहुँका संयोजक राजेशकुमार श्रेष्ठले डा.केसीको माग जायज रहेको त्यसलाई वेवास्ता गरेमा युवाहरुले सडकमा ओर्लिएर आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए ।
अनशनको समय अवधि लम्बियो

केसीको सत्याग्रहलाई समर्थन गर्दै युवाहरुले दमौलीमा शुरु अनशनको सयम लम्बाईएको छ । शुक्रबार शुरु गरिएको १९ घण्टे अनशनलाई शनिबार २४ घण्टा थप गरिएको हो ।
उनिहरु कुनै पनि सङ्गठनमा आबद्ध नभई स्वतः पूmर्त रुपमा अनशनमा बसेका हुन् । अनशनमा सागर घिमिरे र विनोद सापकोटा गरी दुई जना छन् । ‘डा. केसी एक्लो छैनौ, हामी साथमा छौ’, डा. केसीको माग पुरा गर, डा.केसीको अनशन, मेडिकल माफियालाई टेन्सन ….’ लगायताका नारा लेखिएका प्लेकार्ड बोकेर अनशनमा बसेका हुन् । सरकारले माग पुरा नगरेकोले शनिबार पनि अनशनमा बसेको सापकोटाले बताए ।