व्यास नगरपालिकाको सीमा निर्धारण सम्बन्धी अध्ययन समितिले काम थाल्यो

अमरराज नहर्की
दमौली ,९ असोज ।
व्यास नगरपालिको सीमा निर्धारण तथा वडा विभाजन सम्बन्धी अध्ययन समितिले काम थालेको छ ।
समितिले असोज १५ गते भित्र सीमाको हेरफेर तथा वडा विभाजन गर्नु पर्ने भएमा लिखित निवदेन दिन नगरपालिकाका १४ वटै वडालाई पत्रचार गरेको छ । नगरपालिकाले अध्ययनका लागि उपप्रमुख मिरा जोशीको संयोजकत्वमा सीमा निर्धारण तथा वडा विभाजन समिति गठन गरेको छ ।
समितिकी संयोजक जोशीका अनुसार समितिले तीब्र रुपमा काम अगाडि बढाई रहेको छ । निर्धारित समय सकिने दिन नजिकिदै गएका कारण पनि काम तीब्र रुपमा अगाडि बढाईएको संयोजक जोशीले बताईन । ‘नगरबासीबाट के कस्तो माग गरिएको छ, नगरपालिकाले प्रदान गर्ने सेवा उपभोगमा अप्ठ्रो, सहज कस्तो अवस्था छ भनि लिखित निवेदन दिन भनेका छौं ।’ उपप्रमुख तथा सिमा निर्धारण तथा वडा विभाजन समितिको संयोजक मिरा जोशीले भनिन् । वडा नम्बर १ र ६ लाई टुक्राउनु पर्ने र ८ नम्बर केही गाउँलाई ७ नम्बर वडामा पायक पर्छ भनेर सिमा गाभ्न आवाज उठाईरहेको उपप्रमुख जोशीको भनाई छ ।


केन्द्र, सीमा र टुक्राउने सम्बन्धमा निवेदन आएमा नगर सभामा पेश गरी छलफल गरिने उपप्रमुख जोशी बताउँछिन् । उपप्रमुख जोशीको अनुसार सीमा तथा वडा हेरफेर गर्न जरुरी देखिएमा गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने र प्रदेश सरकारले पनि सङ्घीय सरकारलाई पत्राचार गरी सङ्घीय सरकारबाट निर्णय आए पछि मान्य हुने कानुनी प्रावधान रहेको छ ।


वडा नम्बर ६ शिसाघाट निवासी भूमिप्रसाद नागिलाले दुई वटा वडा बनाउन माग राखिएको जानकारी दिए । हटियामा रहेको केन्द्रले शिसाघाट क्षेत्रका बासिन्दालाई अपायक परेको र कच्ची मोटर बाटो भएकोले वर्षायाममा आवत÷जावतमा समस्या परेकोले दुई वटा वडा बनाउनु पर्ने माग स्थानीयको रहेको नागिला बताउँछिन् । आवत जावतको लागि बरु सदरमुकाम दमौली पाएक पर्छ पौने घण्टामा दमौली पुगिन्छ तर वडाको केन्द्र पुग्न एक घण्टा भन्दा बढी लाग्छ ।’ नागिलाले भने । तनहुँको सबैभन्दा पुरानो र सदरमुकाम रहेको व्यास नगरपालिकामा ७० हजार भन्दा बढी जनसंख्या रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s