विद्यालय सञ्चालनमा सर्तकता अपनाउने कि ?

कोरोनाको संक्रमणका कारण गत चैत देखि सुरु हुनुपर्ने पठनपाठन अझै राम्रो सुचारु हुन सकेको छैन । सरकारी तथा निजी विद्यालयका सञ्चालकहरुसंगको छलफल पछि असोज ११ गते देखि पठनपाठन कार्य अगाडि बढाउनका लागि व्यास नगरपालिकाले अनुमति दिएको छ । यद्यपी केही विद्यालयहरुले भने आफ्नो हिसाबले पठनपाठन कार्य सुरु गरि सकेको अवस्था छ । लामो समयको अन्तरालमा विद्यालय सञ्चालन हुने विषय अत्यन्त सकारात्मक रहेको छ । तर विद्यालय सञ्चालनको विषय सकारात्मक हुँदाहुँदै पनि कोरोनाको कहरका कारण सर्तकता अपनाउनु जरुरी देखिन्छ । अन्यथा विद्यालयबाटै कोरोनाले विकराल रुप लिने अवस्था सिर्जना हुन सक्दछ ।

हुन त विद्यालय सञ्चालनको अनुमित दिदै गर्दा नगरपालिकाले एउटा कक्षामा २५ जना भन्दा बढी विद्यार्थीहरु राख्न नपाइने, सेनिटाईजर र मास्क लगायतका स्वास्थ्य सामाग्री अनिवार्य रुपमा प्रयोग गर्न लगाउनुपर्ने जस्ता विषयमा ध्यान दिन आग्रह गरेको छ । त्यस्तै विद्यार्थी संख्या धेरै भएका विद्यालयहरुमा सिफ्ट अनुसार कक्षा सञ्चालन गर्न समेत नगरपालिकालाई नगरक्षेत्र भित्रका विद्यालयहरु निर्देशन जारी गरेको छ । यतिबेला झण्डै शैक्षिक सत्रको आधा समयको वितेको छ ।यस्तो अवस्थामा एक बर्षको पाठ्यक्रमको पठनपाठन गर्न समेत निकै चुनौती पूर्ण रहेको छ । तसर्थ एकै प्रकृतिका पाठ्य सामाग्रीहरुलाई नदोहोरिने हिसाबले पठन पाठन गर्नु उपयुक्त हुने देखिन्छ । जसले गर्दा पठनपाठन कार्यमा समेत धेरै सहजता हुने देखिन्छ । यस तर्फ अवश्य पनि नगरपालिकाको शिक्षा हेर्ने जिम्मा लिएको शिक्षा शाखाले अवश्य ध्यान दिनेछ ।


सेतीमादी सम्पपादकीय

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s