भानुमा पोथी चितुवा पासोमा प¥यो

सेतीमादी संवाददाता
दमौली, ९ असोज ।
भानु नगरपालिका–३ तुलुङकोटमा थापिएको पासोमा शुक्रबार विहान पोथी चितुवा पासोमा परेको छ । करीव ४ वर्षको र शारिरिक रुपमा अशक्त चितुवा शुक्रबार विहान पासोमा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लले जानकारी दिए ।

नरभक्षी चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै सात जना घाइते भएको कार्यालयले जनाएको छ । चितुवा पासोमा परेपछि स्थानीय खुसी भएका छन् ।

सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाको विभिन्न ठाउँमा गरी १६ वटा खोर निर्माण गरी राखेर चितुवाको पासो थापिएको कार्यालयले जनाएको छ । बाख्रा सहित थापिएको काठले बनाईएको खोरमा आठ वटा चितुवा परिसकेका डिभिजन प्रमुख काफ्लेले बताए काफ्लेका अनुसार पासोमा परेको चितुवालाई डिभिजन कार्यालय, दमौलीमा ल्याई राखिएको छ । चितुवालाई कुन निकुञ्जमा पठाउने भन्ने बारेमा निर्णय भईसकेको छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s